धनगढीमा महिलाहरुका लागि आत्मरक्षा शिविर सुरु

धनगढी , आश्विन २०, २०७५ ।

धनगढीमा शनिवारदेखि महिलाहरुका लागि आत्मरक्षा शिविरको सुरु भएको छ। आयोजक राष्ट्रिय गोजुरियो कराते दो सङ्घको आयोजनामा महिलाहरूका लागि ७ दिने शिविरको आयोजना गरिएको हो। शिविरको शनिवार विहान सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले उद्घाटन गरे।

महिलामाथि हुने हिंसा, बलात्कार लगायतका घटना न्यूनिकरणकमा शिविरले सहयोग पुग्ने अपेक्षा गरिएको छ।

शिविरमा एक हजार महिलाहरुलाई आत्मरक्षा सम्बन्धि तालिम प्रदान गरिने आयोजकले जनाएको छ।

सहभागी महिलाबाट उत्कृष्ट एक सय जनालाई प्रशिक्षकको रूपमा छनौट गरिने र उनीहरूले सम्बन्धित स्थानीय तहको सहकार्यमा प्रत्येक स्थानीय तहमा शिविर सञ्चालन गर्नेछन्। सुदुरपश्चिम प्रदेशबाट सुरु गरिने महिलाका लागि आत्मरक्षा सम्बन्धी शिविर प्रदेश एकको बिर्तामोडमा समापन गरिने आयोजकले जानकारी दिएको ।

Discover more from Sudur News

Subscribe now to keep reading and get access to the full archive.

Continue reading

Exit mobile version