जोरायल बस घटनाको स्मरण : दृष्टि फाउण्डेसनलाई खाद्यान्न सहयोग

धनगढी असोज २०

डोटीको बुडर–जोरायल सडकखण्डमा बस दुर्घटना भएको चार बर्ष पुगेको छ। २९ जनाको ज्यान जाने गरि भएको बस दुर्घटनमा ६८ जना घाईते भएका थिए।

बस दुर्घटनामा कैलालीमा कार्यरत पत्रकार कर्ण शाहीको पनि ज्यान गएको थियो। पत्रकार शाहीको सम्झनामा उनका परिवारले आज धनगढीको दृष्टि फाउण्डेसनलाई खाद्यान्न सहयोग गरेका छन्।

मानसिक सन्तुलन ठिक नभएकी महिलाहरुलाई आश्रय दिदै आएको दृष्टि फाउण्डेसनलाई खाद्यान्न सहयोग गरिएको मृतक पत्रकारका भाई प्रकाश वहादुर शाहीले बताए। नेपाल पत्रकार महासंघ प्रदेश संयोजक अर्जुन शाह, कैलाली जिल्ला अध्यक्ष जगत साउद, मृतकका भाई प्रकाश शाह, मृतककी आमा र श्रीमतीले सयुक्त रुपमा फाउण्डेसनकी अध्यक्ष कल्पना भट्टलाई हस्तान्तरण गरेका हुन्।

Exit mobile version