कैलाली प्रहरीद्धारा सवा १७ लाख बराबरका ३३ थान चोरीका मोटरसाईकल बरामद

कैलाली ,  जेठ १८ गते ।

कैलाली प्रहरीले विभिन्न समयमा  गरी सवा १७ लाख बराबरका चोरीका मोटरसाईकल बरामद गरेको छ।

जिल्लाका विभिन्न स्थानबाट जेठ १७ गते सम्म १७ लाख २५ हजार बराबरका ३३ मोटरसाईकल बरामद गरिएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी निरीक्षक प्रकाश डाँगीले जानकारी दिए।

उनका अनुसार बरामद गरिएका मोटरसाईकलको सम्बन्धीत यातायात व्यवस्था कार्यालयसंग अभिलेख माग गर्दा चोरी पैठारीका भएको पुष्टि भएपछि आवश्यक कारवाहीका लागि त्रिनगर भन्सार कार्यालयलाई बुझाईएको छ।

Exit mobile version