29.2 C
Mahendranagar
रेडियो नेपाल लाइभ
Saturday, September 21, 2024
spot_img

बाजुरा – गाडी चल्न बनाएको सडकमा हिँड्नै सकस

बाजुरा, भदौ २७।

बाजुराको खप्तड छेडेदह गाउँपालिका अधिकाशं गाउँ बस्तीमा गाडी सञ्चालन गर्न निर्माण गरेका ग्रामिण सडकमा हिड्नै सकस हुने गरेको छ । हिउँदको महिना जथाभावि निर्माण गरिएका ती सडकमा वर्खाको समय लगातार पहिरो बग्न थालेपछि अहिले यहाँका स्थानीयलाई त्यो सडकमा हिड्नै सकस हुने गरेको हो ।

हिउँदको महिना खनेका ती सडकमा वर्खाको समय पहिरो बग्ने गरेकोले यहाँका बालबालिकालाई समेत विद्यालयमा आउजाउमा समस्या हुने गरेको खप्तड छेडेदह गाउँपालिका –२ पीपलगाउँका स्थानीय पदम बुढाले बताउनुभयो ।

उहाँले भन्नुभयो , “गत साउनमा परेको अविरल वर्षातका कारण पीपल गाउँ देखि कुर्पे मथर्पु सम्म जाने सडकमा पहिरो गएपछि अहिले यहाँका बालबालिकाहरुलाई विद्यालय आउदा निकै जोखिम मोहल्दै आउनु परेको छ । ”

भत्किएका सडकलाई समयमै मर्मत सम्भार नगर्ने हो भने हिउँदको महिनामा पनि यहाँका स्थानीय ती सडकमा आउज जाउ गर्न निकै समस्या हुने बुढाले बताउनुभयो ।खप्तड छेडेदह गाउँपालिका पीपल गाउँ गाँज्रा कुर्पे लगायतका अधिकाशं सडक वर्खाको समय पहिरो गएर अवरुद्ध भएका छन् ।

लगातार पानी पर्दै गएकोले अहिले सम्म ती सडकको मर्मत सम्भार कार्य रोकिएको छ । सडक मर्मत सम्भारको काम रोकिएपछि यती बेला यहाँका स्थानीयलाई वडा कार्यालय तथा बालकालिकाहरुलाई विद्यालय आउन समस्या भएको छ ।

सडकमा गएको पहिरोले गाउँ बस्तीमा समेत जोखिम बढेको छ । यहाँका गाउँ बस्तीको माथिबाट खनेको सडकमा पहिरो जान थालेपछि त्यसले पुरै गाउँ बस्तीलाई नै थप जोखिम पार्ने गरेको हो ।

गत असार देखि गाउँमा पुगेको सडक पहिरोको कारण अवरुद्ध भएकोले यती बेला ती सडक मर्मत गर्ने तयारी भइरहेको खप्तड छेडेदह गाउँपालिका –२ का अध्यक्ष भक्त बुढाले बताउनुभयो ।

उहाँले भन्नुभयो, “गाउँ कार्यपालिकाको बैठममा सडक मर्मत सम्भार गर्ने भन्ने निर्णय भएको छ । यसका लागि प्राविधिकको टोली पनि सर्भे गर्नका लागि यहाँका प्रत्येक वडमा पुगेका छन् ।”

उनीहरुले सर्भे गरेको रिपोट फेरि गाउँपालिकामा पुगेपछि अवरुद्ध भएका सडक मर्मत सम्भार गरिने बुढाले बताउनुभयो । -गोरखापत्र

Related Articles

Leave a Reply

सामाजिक सञ्जाल

9,653प्रशंसकजस्तै
43अनुयायीहरूलाईपालन
69अनुयायीहरूलाईपालन
0सब्स्क्राइबरसब्स्क्राइब
- Advertisement -spot_img

ताजा समाचार

Discover more from Sudur News

Subscribe now to keep reading and get access to the full archive.

Continue reading