29.2 C
Mahendranagar
रेडियो नेपाल लाइभ
Saturday, September 21, 2024
spot_img

प्रसाद खाँदा झापामा ५० जना बिरामी

झापा, भदौ २७।

पूजाको प्रसाद खाँदा झापाको अर्जुनधारामा ५० जनाभन्दा बढी बिरामी परेका छन् । उनीहरुलाई ‘फुड पोइजन’ भएको छ । अस्पतालका अनुसार बिरामीको अवस्था खतरामुक्त रहेको बताइएको छ ।

अर्जुनधारा–९ स्थित खरबन्दीमा हिजो स्थानीय रीता निरौलाको घरमा लगाइएको पूजामा प्रसादस्वरुप रोटी, अचार, तरकारी प्रसाद खाएका अधिकांशलाई बान्ता, पखाला र ज्वरो आउने लक्षण देखिएको शनिश्चरे अस्पतालका चिकित्सकले बताएका छन् ।

बिरामी हुनेमा बालबालिकादेखि लिएर बृद्धबृद्धासम्म रहेका छन् । अधिकांश बिरामीको नगरका स्वास्थ्य शाखा प्रमुख सन्तोष चिमरियाको कालिस्थानस्थित क्लिनिकमा उपचार भएको छ । क्लिनिकमा कम्तीमा ३० जनाको उपचार भएको छ ।

यस्तै, बिरामी भएर गाउँमै रहेका ८ जनालाई नगरपालिकाको गाडीले शनिश्चरे अस्पताल उपचारका लागि ल्याएको थियो । अर्जुनधाराका नगरप्रमुख बलदेवसिंह गोम्देन, उपप्रमुख खड्गमाया पराजुलीलगायत जनप्रतिनिधिले बिरामीलाई भेटेर स्वास्थ्य अवस्था निरीक्षण गर्नुभएको थियो ।

अहिले सबै बिरामी खतरामुक्त रहेको शनिश्चरे नगर अस्पतालले जनाएको छ ।

राष्ट्रिय समाचार समिति
राष्ट्रिय समाचार समिति
राष्ट्रिय समाचार समिति नेपालको एक मात्र समाचार समिति हो। यसको स्थापना वि. सं. २०१८ मा भएको थियो।

Related Articles

Leave a Reply

सामाजिक सञ्जाल

9,653प्रशंसकजस्तै
43अनुयायीहरूलाईपालन
69अनुयायीहरूलाईपालन
0सब्स्क्राइबरसब्स्क्राइब
- Advertisement -spot_img

ताजा समाचार

Discover more from Sudur News

Subscribe now to keep reading and get access to the full archive.

Continue reading