डा. केसीको स्वास्थ्य जटिल

काठमाडौं, असार २९

 डा. गोविन्द केसी १५ औं पटक अनशनमा बसेको आज १४ दिन भएको छ । सरकारले काठमाडौंबाट जुम्ला खटाएका चिकित्सकको सेवा डा. केसीले लिन मानेका छैनन् ।
कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा कार्यरत चिकित्सकहरुले नै उनको उपचार जारी राखेका छन् ।
चिकित्सा शिक्षा सुधारको माग गर्दै १४ दिनदेखि अनशनमा बसेका केसीसँग सरकारले वार्ताका लागि अझै पहल गरेको छैन ।

उनको उपचारमा संलग्न चिकित्सका अनुसार उनलाई छाती दुख्ने, सास फेर्न समस्या भएको छ भने कमजोरीका कारण चक्कर लागिरहेको छ ।
त्यसैगरी वाकवाकी लाग्ने, पेट दुख्ने, मांशपेशी बाउँडिने लगायतका समस्या पनि उनमा देखिएको छ । सेतो रक्तकोशिका क्र

मिक रुपमा घट्दै गएको छ भने मुटुको चाल तलमाथि भैरहेको छ ।
उनलाई आवश्यकता अनुसार अक्सिजन दिइएको उपचारमा संलग्न डा. पुजन कुमार रोकाया, डा. धिरज गुरुङ, डा. सिद्धार्थ खाती र डा. निराजन महासेठले जारी गरेको स्वास्थ्य अवस्थामा उल्लेख छ ।
रगतमा चिनीको मात्रा कम हुँदै गएको तर उनले ग्लुकोज लिन नमानेका कारण समस्या भएको छ ।

डा. केसीले नै उपचारमा सहयोग गरेका छैनन् ।
सरकारले वार्ताका लागि काठमाडौं ल्याउने तयारी गरेको भए पनि केसीले आफू कुनै पनि हालतमा काठमाडौं नआउने अडान कायमै राखेका छन् ।
वार्ताका लागि सरकारी टोली जुम्ला आउनुपर्ने उनको अडान छ ।

Discover more from Sudur News

Subscribe now to keep reading and get access to the full archive.

Continue reading

Exit mobile version