ट्याङ्करले मोटरसाइकललाई ठक्कर दिँदा दुई जनाको मृत्यु

चितवन, भाद्र २२, २०७५ ।

पूर्वी चितवनको भुरझुरेमा बिहीबार राति ट्याङ्करले मोटरसाइकललाई ठक्कर दिँदा दुई जनाको मृत्यु भएको छ। जिल्ला प्रहरी कार्यालयका अनुसार मृत्यु हुनेमा मकवानपुर छत्तिवनका ३४ वर्षीय सुकमान स्याङ्तान र बारा जितपुर–१६ का २९ वर्षीय प्रेमबहादुर मोक्तान रहेका छन्।

चितवनबाट मकवानपुरतर्फ जाँदै गरेको ना ३ ख ८५३९ नम्बरको ट्याङ्करले सोही दिशातर्फ जाँदै गरेको ग ५ प ६२६० नं को मोटरसाइकललाई राप्ती नगरपालिका–३ झुरझुरेमा ठक्कर दिएको थियो। प्रहरीका अनुसार ट्याङ्करको ठक्करबाट घाइते भएका दुवैको उपचारका लागि भरतपुर ल्याउने क्रममा बाटोमै मृत्यु भएको हो। ठक्कर दिने ट्याङ्कर चालकलाई नियन्त्रणमा लिइएको बताइएको छ।

Exit mobile version