विद्यार्थीलाई एकै थरीको पोशाक

दोलखा, भाद्र २२, २०७५ ।

सदरमुकाम चरिकोटमा विहान नौ बजे पछि र साँझ ४ बजेपछि एकै थरीको पोशाक लगाएका विद्यार्थीहरुको लर्को भेटिने गरेको छ ।

किन भने भीमेश्वर नगरपालिकाले अहिले नगरभित्र रहेको नीजि तथा सामुदायीक विद्यालयमा पोशाकमा एकरुपमा ल्याउन एउटै रङ्ग र डिजाईनको पोशाक अनिर्वाय गरेको छ ।

भीमेश्वर नगरपालिकाले शिक्षालाई प्राथामीकतामा राखेर बिभिन्न अभियानहरु सुरु गरेको नगरप्रमुख भरत केसी बताउछन् ।

नगरभित्र रहेको नीजि र सामुदायीक विद्यालय बीच देखिएको बिभिन्न विभेद हटाउन र शिक्षामा गुणस्तरीयता कायम गर्न पाठ्यक्रम, पोशाक, अध्यापन विधि आदिमा एकरुपमा ल्याउने अभियान सुरु गरिएको नगरप्रमुख केसीको भनाई छ ।

पूर्व सात वटा गाविस मिलेर बनेको र नौ वटा वडा रहेको भीमेश्वर नगरपालिकामा नीजि तथा सामुदायीक गरी १० वटा माध्यामीक विद्यालय रहेका छन् भने पाँच वटा निम्न माध्यामीक विद्यालय रहेका छन् ।

त्यसैगरी प्राथामीक विद्यालयको संख्या २९ वटा रहेको नगरपालिकाका अधिकृत अर्जुन कार्कीले बताए ।

भीमेश्वर नगरपालिकाले पोशाकमा एकरुपता ल्याउन गत आर्थिक बर्षमा ३० लाख रुपैया विनियोजन गरेको जनाएको छ ।

त्यसैगरी नगरपालिका भित्र रहेका कक्षा एक सम्मका विद्यार्थीहरुलाई खाजाको लागि १५ लाख रुपैया विनियोजन गरिएको

नगरप्रमुख भरत केसीले बताए ।

नगर भित्रका कक्षा एकसम्मका सम्पूर्ण विद्यार्थीहरुलाई नगरपालिकाको तर्फबाट दैनिक प्रति विद्यार्थी १५ रुपैया बराबरको निशुल्क खाजाको व्यवस्था गरिएको नगरप्रमुख केसीको भनाई छ ।

नगरपालिका भित्रै पनि पोशाकका कारण, खाजाको समस्याका कारण पनि धेरै विद्यार्थी विद्यालय बाहिर रहनु परेको तितो यर्थाथतालाई आत्मसाथ गर्दै शैक्षिक सुधारको पहिलो अभियान अन्र्तगत पोशाकमा एकरुपमा कायम गर्दै निशुल्क पोशाक उपलब्ध गराउने र निशुल्क खाजाको व्यवस्था गर्ने कार्यक्रम सुरु गरिएको नगरप्रमुख केसीले बताए ।

अब अभियानकै क्रममा नगरभित्रका नीजि तथा सामुदायीक विद्यालयमा एउटै पाठ्यक्रम सुरु गर्ने, शिक्षकहरुको पोशाकमा पनि एकरुपता कायम गर्ने, अध्यापन विधिमा पनि एकरुपमा कायम गर्ने लगाएतका कार्यक्रमहरु सुरु गरिने नगरप्रमुख केसीको भनाई छ ।

Exit mobile version