नयाँ ऐनले स्वच्छ पत्रकारितालाई रोक्दैनः कानूनविद्

भक्तपुर , भाद्र २३, २०७५ ।

नयाँ फौजदारी एवं देवानीसंहिताले स्वच्छ पत्रकारिता गर्नलाई नरोक्ने कानूनविद्ले बताएका छन् ।

नेपाल पत्रकार महासङ्घ भक्तपुरको समन्वयमा राष्ट्र निर्माण मञ्चले आज आयोजना गरेको अन्तक्र्रिया कार्यक्रममा कानूनविद्हरुले संहितादेखि पत्रकार आत्तिनु नपर्ने बताएका हुन् ।

कार्यक्रममा भक्तपुर जिल्ला अदालतका न्यायाधीश डा श्रीप्रकाश उप्रेतीले पत्रकार लगायतका अन्य पेशाको व्यावसायिक स्वतन्त्रतालाई स्थापित गर्नुपर्ने बताउनुभयो ।

“पत्रकारितालगायत चिकित्सक तथा वकिलको व्यावसायिक स्वतन्त्रतालाई कुण्ठित गर्न हुँदैन, अहिलेकोसंहिता त्यसरी आएको छैन, पहिला सबै अध्ययन गरेर मात्रै विरोध गर्ने गरौँ, व्यावसायिक स्वतन्त्रताका नाममा अरुलाई अनावश्यक हानी पु¥याउन भने पाइन्न ।”

आफ्नो व्यावसायिक स्वतन्त्रताप्रति पत्रकार र सञ्चारक्षेत्र सचेत र सजक रहनुपर्ने बताउँदै उहाँले पत्रकारिताको नाममा जथाभावी गर्ने छुट विगतका कानूनले पनि नदिएको बताउनुभयो ।

न्यायाधीश डा उप्रेतीले स्वच्छ पत्रिकारिता गर्नेले अहिलेको संहिताबाट डराउनुपर्दैन भन्दै चिकित्सकले नै डराउनु

पर्नेगरी संहिता नआएको दाबी गर्नुभयो ।

कार्यक्रममा वरिष्ठ अधिवक्ता टीकाराम भट्टराईले पत्रकारले निर्वाध रुपमा आफ्नो व्यावसायिक अधिकार प्रयोग गर्न पाउने गरी नै संहिताआएको दाबी गर्नुभयो । उहाँले भन्नुभयो, “यो अहिलेको सरकारले मात्रै ल्याएको संहिता होइन, विज्ञबीच पाँच वर्ष लामो छलफल भएर गत वर्षको असोज ३० गते सबै दलको सहमति र हस्ताक्षरबाट पारित गरेर गत भदौ १ गतेबाट कार्यान्वयनमा आएको हो, पत्रकारले आत्तिनु पर्दैन ।”

विशेष ऐनमा भएका सञ्चार क्षेत्रका हकमा नयाँ कानूनले कुनै फरक नपार्ने बताउँदै उहाँले नेपालमा जस्तो पत्रकारलाई छुट र स्वतन्त्रता कुनै पनि राष्ट्रमा नभएको बताउनुभयो ।

“धेरै छुट र स्वतन्त्रता पाएका नेपाली प्रेसलाई अहिले आएको संहिताले त्रास फैलाएको छ, यति स्वतन्त्रता कुनै पनि देशको प्रसले पाएको छैन, यो संहितादेखि प्रेसले डराउनु पर्दैन, निर्धक्क भएर समाचार लेख्न र तस्बिर लिन प्रेसलाई छुट छ ।” उहाँले भन्नुभयो ।

उहाँले गलत नियत राखेर समाचार लेख्ने तथा तस्बिर लिएर दुरुपयोग गर्ने जो कोही कारवाहीको भागिदार हुनुपर्छ भन्दै सार्वजनिक पद धारण गरेका कुनै पनि व्यक्तिको समाचार लेख्न र तस्बिर लिन नयाँ संहिताले नरोक्ने दाबी गर्नुभयो ।

उहाँले गोपनीयतासम्बन्धी हक कार्यान्वयन गर्न ल्याइएको विधेयकमा भने समस्या आएको चर्चा गर्दै हरेक सूचनालाई वैयक्तिक सूचनाका रूपमा परिभाषित गरेर सार्वजनिक पद धारण गरेका व्यक्तिको हरेक जानकारी गोप्य रोख्न खोज्नु भने गलत भएको टिप्पणी गर्नुभयो ।

कार्यक्रममा पत्रकार बालकृष्ण बस्नेतले केही नेता र केही कर्मचारीले आफ्ना कमजोरी प्रेसमार्फत खुल्ने डरले संविधानले आमसञ्चार माध्यमलाई दिएको पूर्ण प्रेस स्वतन्त्रता नै हनन हुनेगरी गोपनीयता सम्बन्धी विधेयक अघि बढाएको बताउनुभयो ।

नेपाल बार एशोसियसन भक्तपुरका सचिव किरण न्यौपानेले प्रेस पनि मर्यादित र जिम्मेवार बन्नुपर्ने बताउँदै संविधानत प्रेसले प्राप्त गरेको हक कुनै पनि कानूनले खोस्न नसक्ने उख्लेख गर्नुभयो ।

नेपाल पत्रकार महासङ्घ भक्तपुर जिल्ला शाखा अध्यक्ष पुष्करराज बुढाथोकीले नयाँ संहितामा राखिएका केही बुँदाबाट प्रेस स्वतन्त्रता हनन हुनेभएको भन्दै प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतालाई सङ्कुचित पार्ने बुँदा संशोधन गरी पूर्ण प्रेसमैत्री बनाउन माग गर्नुभयो ।

राष्ट्र निर्माण मञ्चका अध्यक्ष निर्मल उप्रेतीले नयाँ कानून र यसले ल्याएको तरङ्गबारे पत्रकारलगायत आमनागरिकलाई जानकारी गराउनुपर्नेमा जोड दिनुभयो ।

कार्यक्रममा अधिवक्ता सुमन न्यौपाने र मञ्चका भक्तपुर संयोजक सुवास तिमिल्सीनाले भूकम्प प्रभावित संरचनाको पुनःनिर्माण सम्बन्धी नीतिगत व्यवस्था र भूकम्प प्रभावितका लागि मञ्चले गरिरहेको सहजीकरण र सहयोगबारे चर्चा गर्नुभएको थियो ।

Exit mobile version