‘होम ट्युसन’को बहानामा ७ वर्षीया बालिकामाथि बलात्कार

चितवन , आश्विन १४, २०७५ ।

चितवनको भरतपुर महानगरपालिका-११ मा ‘होम ट्युसन’को बहानामा  ७ वर्षीया बालिका बलात्कृत भएकी छिन ।

प्रहरीले महानगरपालिका ११ पोखरीचोक बस्ने  १४ वर्षीय किशोरलाई बलात्कारको अरोपमा पक्राउ गरेको छ ।

उनले सोही स्थानमा बस्ने एक ७ वर्षीया बालिकामाथि बलात्कार गरेको भन्दै पीडित परिवारले जाहेरी दिएपछि उनलार्इ पक्राउ गरिएको हो ।

जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता डिएसपी प्रभु ढकालका अनुसार ‘होम ट्युसन’ पढाउने क्रममा आफूमाथि बलात्कार गरिएको बालिकाले बताएकी छिन् ।

बालिकालाई मेडिकल टेस्टको लागि पठाइएको छ ।

मेडिकल रिपोर्ट आएपछि थप अनुसन्धान गरिने डिएसपी ढकालले जानकारी दिए ।

आरोपी १८ वर्षभन्दा कम उमेरको भएकाले संरक्षणमा रहनेछन् ।

Exit mobile version