वीर अस्पतालबाट हाम फाल्ने व्याक्तिको मृत्यु

काठमाडौँ ।
वीर अस्पतालको छतबाट हाम फाल्ने व्याक्तिको मृत्यु भएको छ । अस्पतालको छैटौँ तलाबाट हाम फालेका एक पुरुषको मृत्यु भएको हो । सर्जिकल भवनबाट हिजो बिहान साढे दुई बजे हाम फालेका उनको मृत्यु भएको अस्पतालका सूचना अधिकारी सागर मिश्रले बताए ।

मृत्यु हुने पुरुषको उमेर अनुमानित ४० वर्ष रहेको अस्पतालले बताएको छ । उनले भने, ‘आफ्नो बिरामी अस्पतालमा रहेकाले भेट्न आएको हो म आफन्त हुँ भन्दै अस्पतालभित्र प्रवेश गरेका थिए । माथि गएर हाम फालेछन् ।‘

Bir Hospital Kathmandu

हामफालेका ती पुरुषको अस्पतालमा बिरामी रहेको नपाइएको उनले बताए । उनले भने, उनी को हुन् भन्ने थाहा छैन, उनको शव बेवारिसे अवस्थामा छ ।

अरुण भट्ट
अरुण भट्ट
बिगत १५ बर्ष देखि विभिन्न सन्चार माध्यम हरुमा संलग्न पत्रकार। हाल प्रेस सेन्टर नेपाल को कन्चनपुर शाखा को अधक्ष्य।
Exit mobile version