नेपालमा पशु चौपायाको संख्या घट्यो

भदौ २१, २०८० काठमाडौं ।

नेपालमा पशु चौपाया र किसानको संख्या घटेको छ । ‘सातौँ राष्ट्रिय कृषिगणना २०७८’ का अनुसार गाईगोरु र राँगाभैसीको संख्यासँगै पालकको संख्या पनि घटेको हो ।

पछिल्लो दशकमा नेपालमा १७ लाख आठ हजार कृषकले ४५ लाख ५९ हजार गाईगोरु पालेका छन् । छैटौँ गणना २०६८ मा २२ लाख ८१ हजार कृषकले ६४ लाख ३० हजार गाईगोरु पालेका थिए ।

यस्तै, राँगा र भैँसीको संख्यासँगै पालकको पनि संख्या घटेको छ । २०७८ को तथ्यांकअनुसार १४ लाख १७ कृषकले २९ लाख २३ हजार राँगाभैँसी पालेका छन् ।

यसअघि २०६८ को गणनामा १६ लाख ६९ हजार कृषक परिवारले ३१ लाख ७४ हजार राँगाभैँसी पालेका थिए ।

अरुण भट्ट
अरुण भट्ट
बिगत १५ बर्ष देखि विभिन्न सन्चार माध्यम हरुमा संलग्न पत्रकार। हाल प्रेस सेन्टर नेपाल को कन्चनपुर शाखा को अधक्ष्य।
Exit mobile version