सन्दीप र गौशाला-२६ इजलासमा उपस्थित सुरू भयो सुनुवाइ,

काठमाडौं ।

सन्दीप लामिछानेविरुद्धको मुद्दामा जिल्ला अदालत काठमाडौंमा फैसला सुरू भएको छ । न्यायाधीश सकुन्तला कार्कीको इजलासमा सरकारी वकिलबाट बहस प्रारम्भ गरिएको हो ।

सरकारी वकिल सुरवीर परियारले बहस सिध्याएका छन् भने वादीपक्षका अन्य वकिलहरुले बहस गरिरहेका छन् । वादी पक्षको बहसपछि प्रतिवादी सन्दीपको पक्षबाट बहस सुरू हुनेछ । आज दुवै पक्षको बहस सकिने सम्भावना न्यून छ । यदि न्यायाधीशले आफ्नो इजलासबाट पन्छाउन नचाहेमा हेर्दाहेर्दैमा राखेर बहसलाई निरन्तरता दिनेछिन् । उनले नै फैसला सुनाउने छिन् ।

फैसला बहस सुन्न प्रतिवादी सन्दीप लामिछाने अदालतको इजलासमा उपस्थित छन् । यस्तै जाहेरीकर्ता गौशाला २६ पनि इजलासमै रहेको स्रोतले बतायो । बन्द इजलासमा बहस भइरहेकाले असम्बन्धित व्यक्तिहरुलाई प्रवेश दिइएको छैन ।

यसअघि १४ पटकसम्म पेशी तोकिए पनि फैसलाको सुनुवाइ हुन सकेको थिएन । न्यायाधीशहरूले विभिन्न बहाना गरेर सुनवाइ टार्दै आएका छन् ।

अरुण भट्ट
अरुण भट्ट
बिगत १५ बर्ष देखि विभिन्न सन्चार माध्यम हरुमा संलग्न पत्रकार। हाल प्रेस सेन्टर नेपाल को कन्चनपुर शाखा को अधक्ष्य।
Exit mobile version