शनिबार, २३ फागुन २०८२

नब वर्ष २०७४ को हार्दिक शुभकामना Missing Someone

तिमीले भने जस्तो हिउँले सेताम्य भएका रुखका चित्र कोर्छु तिमी नियाल्न आउछौ कि तिम्रा कविता सुन्न तिमीलाई बोलाउछु आफ्न काब्य लिएर तिमी आउछौ कि धेरै भो तिमी र मैले संगै बिटल्स् र नेपथ्य नसुनेको आज कफी पिउदै संगीत सुन्ने निमन्त्रण पठाउछु तिमी आउछौ कि युगौ भैसकेछ तिमी र म संगै नहिडेको गहुँका कलिला बिरुवा मन्द मन्द हावासंगै झुमिरहेछन त्यो गोरेटो बाटो अनि खोल्साको पानी तिम्रो र मेरो बाटो हेरिरहेछन म कागजको डुंगा बनाउछु अलिकती मकै अलिकती भट्मास् भुटेर तिम्रो गोजिमा राख्ने छु
तिम्रो यादै याद मा १ बर्ष फेरी गयेछ  
नब वर्ष २०७४ को हार्दिक शुभकामना
[caption id="attachment_109" align="alignnone" width="300"]Happy new year 2074 missing-someone Happy new year 2074 missing-someone[/caption]

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस