कञ्चनपुर, साउन १७।
कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–४ मा रहेको श्री कालिका माध्यमिक विद्यालयमा वृक्षारोपण तथा विद्यालयको चौतर्फी विकाससम्बन्धी अन्तर्क्रिया कार्यक्रम सम्पन्न भएको छ। कल्की फाउन्डेसन नेपालको विशेष सहयोग र विद्यालय व्यवस्थापन समितिको आयोजनामा उक्त कार्यक्रम आयोजना गरिएको हो।
कार्यक्रमका प्रमुख अतिथि नेपाली कांग्रेसका नेता तथा पूर्वपरराष्ट्रमन्त्री एनपी साउद रहेका थिए। त्यसैगरी, विशिष्ट अतिथिमा शुक्लाफाँटा नगरपालिकाका नगर प्रमुख रणबहादुर महरा थिए।
कार्यक्रममा नेपाली कांग्रेस प्रदेश, जिल्ला, क्षेत्र र स्थानीय तहका नेता, कल्की नेपालका पदाधिकारी तथा सल्लाहकार, विद्यालयका शिक्षक, महिला नेत्री विमला गैरेलगायत भद्रभलादमीहरूको सहभागिता रहेको थियो।

कार्यक्रममा विद्यालयको सर्वाङ्गीण विकासका साथै निर्वाचन क्षेत्रको विकासका विषयमा पनि छलफल गरिएको थियो।
आयोजक विद्यालय परिवार र कल्की फाउन्डेसन नेपालले कार्यक्रममा उपस्थित सबैप्रति आभार व्यक्त गरेका छन्।
प्रतिक्रिया दिनुहोस