शनिबार, २३ फागुन २०८२

विश्व कि प्रथम रोबोट नागरिक- सोफिया ( भिडियो सहित )

सोफिया यति चर्चित भइन् कि रियादमा अक्टोबर २५ तारिखमा आयोजित लगानीसम्बन्धी सम्मेलनका सयौं प्रतिनिधिहरुका माझ उनले तत्कालै साउदी अरेबियाको नागरिकता पाइन्। तर त्यसम्बन्धी फोटो र भिडिओहरु सामाजिक सञ्जालमा देखिन थालेपछि धेरैले पहिल्यै साउदी महिलाभन्दा बढी अधिकार पाइसकेकी ती रोबोटबारे प्रश्न गर्न थाले। हंगकंगको हान्सन रोबोटिक्स कम्पनीद्वारा निर्मित रोबोट सोफियाले साउदी अरेबियामा महिलाले लगाउनैपर्ने अबाया र टाउको छोप्ने स्कार्फ विना नै दर्शकलाई अंग्रेजीमा सम्बोधन गरिन्। उनले भनिन्, "यसका लागि म निकै सम्मानित र गौरवान्वित महसुस गरिरहेकी छु। नागरिकता पाउने विश्वकै पहिलो रोबोट हुन पाउनु ऐतिहासिक हो।" साउदी अरेबियामा सामाजिक सञ्जाल प्रयोगकर्ताहरुले उक्त घोषणाको प्रशंसा गर्दै ह्यासट्याग 'रोबोट विद साउदी न्याशनालिटी' अर्थात् साउदी नागरिकता भएकी रोबोट भनेर २४ घण्टाभित्र ३० हजार पटक पोष्ट गरेका थिए। तर व्यंग्यात्मक शैलीमा अर्को ह्यासट्यागसहितको पोष्ट पनि सामाजिक सञ्जालमा देखिए। ह्यासट्याग 'सोफिया कल्स फर ड्रपिङ गार्डियनशीप' अर्थात् सोफियाले पुरुष अभिभावकसँग मात्रै महिलाहरु बाहिर जानुपर्ने नियम खारेज गर्न आग्रह गरिन् भनेर करिब १० हजार पटक पोष्ट गरिए। हेर्नुहोस रोबोट मानब सोफिया संग गरिएको को कुरा कानी https://www.youtube.com/watch?v=gWxRLA2BWkw

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस