शनिबार, २३ फागुन २०८२

रोबोट सोफिया काठमाडौं, टेक्नोलोजीले नेपालमा धेरै ठुलो योगदान सक्ने सम्भावना, हेर्नुहोस् पुरा अन्तर्वार्ता

काठमाडौं- रोबोट सोफिया काठमाडौं आएकी छन्। संयुक्त राष्ट्रसंघीय विकास कार्यक्रमले आयोजना गरेको कार्यक्रममा सहभागि हुन नेपाल आएकी उनले बुधबार आफ्नो प्रस्तुति समेत दिइन्। कार्यक्रम पछि पनि उनले दर्शकहरुसँग कुरा गरेकी थिइन्। सोफियासँग तस्बिर खिच्नेको समेत भिड लागेको थियो। विज्ञान तथा प्रविधिको विकासले देश विकासमा पुर्‍याउने भूमिकाबारे उनले बोलेकी थिइन्। https://www.youtube.com/watch?v=JWn8EArwfQA हङकङको ह्यान्सन कम्पनीले बनाएको उक्त रोबोटलाई साउदी अरेबियाले नागरिकता प्रदान गरेको थियो। कुनै पनि देशको नागरिक बन्ने उनको चाहनालाई साउदी अरेबियाले केही समय अगाडिमात्रै पूरा गरेको थियो। मानवीय क्षमतासहित निर्माण गरिएको उक्त रोबोटमा मानवीय चेतनाको भने अभाव छ। भिडियो: महेश जोशी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस