शनिबार, २३ फागुन २०८२

दार्चुलामा हिमपातबाट भेडाबाख्रा मरे, ५ लाख भन्दा बढीको क्षती

दार्चुला, २६ बैसाख ।

दार्चुलाको अपि हिमाल गाउँपालिको लोलुमा हिमपातका कारण भेडा बाख्रा पालक कृषकका भेडाबाख्रा मरेका छन् ।

मंगलबार राती परेको हिमपातका कारण बाख्रापालक कृषकका ५० बढि भेडा बाख्रा मरेका हुन् । अपिहिमाल फेदमा रहेको गोईथली घरमा रहेका स्थानीयको भेडा बाख्रा हिमपातले च्यापिएर मरेको भेडापालक कृषक जयभानसिह धामीले बताए । एउटै समूहमा राखिएका भेडाबाख्रा मरेपछि बाख्रापालक कृषकका ५ लाख बढि रुपैयाँ क्षति भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस