शनिबार, ०१ कार्तिक २०८३

BitCoin (बिटक्वाइन) को कारोवारमा प्रतिवन्ध

काठमाडौंँ, जेठ ८ गते । ‘बीट क्वाइन’ कारोवारमा संलग्न रहेको अभियोगमा प्रहरीले सिन्धुपाल्चोक चौतारा घर भई हाल राजधानीको माकलवारी बस्ने ४४ वर्षीय दिलिपबज्रसिंह लामालाई सोमवार पक्राउ गरेको छ । नेपाल सरकारले विट क्वाइनको कारोवारमा प्रतिवन्ध लगाएको छ । अभियुक्त लामाले अमेरिका र क्यानडाबाट नयाँ ब्राण्डेड कार १४ दिनभित्र झिकाइ दिने नाममा अनलाइनबाट नगद सङ्कलन गर्दै आएका थिए । विट क्वायनको कारोवार गर्न लामाले कारको अनलाइन ब्यापार देखाइ सर्वसाधारणलाई ठगी गरेको आरोप प्रहरीको छ । ‘फिडालिटि अटो स्टोरेज एण्ड लजिष्टिक’ नामको वेभ साइट खोली अभियुक्त लामाले सस्तो मूल्यमा नयाँ कार झिकाई दिने वहाना बनाई अनलाइन बुकिङबाट ३० लाख रुपियाँ ठगी गरेको नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो सिआइवीले दिएको हो । यसअघि बैदेशीक रोजगारीको सिलसिलामा मलेसिया बस्दा लामाले बिट क्वाइन कारोवारलाई मुख्य पेशाको रुपमा अपनाउँदै आएका थिए । उनले बिट क्वाइन कारोवारका लागि नै यस किसिमको नक्कली वेभसाइट खोली अनलाइन ठगी गर्ने गरेको आरोप ब्यूरो प्रहरीको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस