शनिबार, २३ फागुन २०८२

अमेरिकाले "दादागिरी" गरेको आरोप

काडमाडौं, असार २८ ।

चीनको वाणिज्य मन्त्रालयले चीनबाट हुने थप दुई सय अर्ब डलर बराबरको आयातमा दश प्रतिशत कर लगाउने अमेरिकाको निर्णयबाट आफू स्तब्ध भएको बताएको छ। चीनले संयुक्त राज्य अमेरिकालाई व्यापारको मामिलामा "दादागिरी" गरेको आरोप लगाएको छ। चीनका अनुसार थप दुई सय अर्ब डलर बराबरको चिनियाँ सामानको आयातमा लाग्ने करको दर बढाउने ट्रम्प प्रशासनको योजनाले चीन, बाँकी विश्व र अमेरिकी हितमा नै आघात पुग्ने छ। अमेरिकाबाट थप आयात गर्न चीन सहमत चीनको विदेश मन्त्रालयकी एक प्रवक्ता हुआ चुनयिङले चीनले आफ्नो रक्षा गर्न र नियममा आधारित अन्तर्राष्ट्रिय व्यापारलाई जोगाउन प्रतिक्रिया जनाउने बताएकी छन्। चीनले आफ्नो कानुनी अधिकारहरूको रक्षा गर्न आवश्यक कदम चाल्ने उनको भनाइ थियो। बेइजिङले भनेको छ आगामी सेप्टेम्बर महिनादेखि ती प्रस्तावित नयाँ करहरू ट्रम्प प्रशासनले लागु गरेमा प्रतिक्रिया जनाउनुबाहेक आफूहरूसँग अरू विकल्प हुनेछैन। अमेरिका-चीन व्यापार युद्ध, पीडित बाँकी विश्व पनि प्रतिक्रिया गत हप्ता ‌अमेरिकाले ३४ अर्ब डलर बराबरको चिनियाँ सामानको आयातमा नयाँ कर लगाएको थियो र चीनले तत्कालै समान प्रतिक्रिया जनाएको थियो। वाशिङ्टनले चीनलाई गलत व्यापारिक व्यवहार गर्ने गरेको र बौद्धिक सम्पत्ति चोरीको आरोप लगाउने गर्दछ। नयाँ कर लागु गरिने अमेरिकी योजनाको सूचीमा छ हजारभन्दा बढी प्रकारका सामग्रीहरू परेका छन्। जसमा खाद्यसामग्री, विभिन्न खनिज पदार्थ र ह्याण्ड्ब्यागजस्ता सामग्रीहरू पनि छन्।अमेरिकी व्यापार प्रतिनिधि रोबर्ट लाईट्हाइजरले भनेका छन् चीनले प्रतिक्रिया जनाउनुको कुनै औचित्य छैन। दश प्रतिशत दरका नयाँ कर लागु हुनुअघि जनताले अगस्ट महिनाको अन्त्यसम्म उक्त सूचीमा टिप्पणी गर्न पाउनेछन्। अमेरिका र चीन जस्ता दुई विशाल अर्थतन्त्रहरूबीच व्यापारिक तनाब बढ्दै गर्दा लगानीकर्ताहरूले जोखिम कम गर्ने धारणा बनाउँदा बुधवार एशियाली सट्टाबजार तीव्र रूपमा झरेको थियो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस