शनिबार, २३ साउन २०८३

भदौदेखि आन्दोलन गर्ने शिक्षक महासंघको निर्णय

काठमाडौं । नेपाल शिक्षक महासंघले भदौबाट आन्दोलन गर्ने भएको छ ।

शिक्षक महासंघको तेस्रो राष्ट्रिय परिषद् बैठकले भदौबाट आन्दोलन गर्ने निर्णय गरेको महासंघले शुक्रबार पत्रकार सम्मेलन गरी जानकारी गराएको हो ।

परिषद् बैठकले आगामी भदौबाट आन्दोलन गर्ने लगायतका १५ बुँदे निर्णय सार्वजनिक गरेको छ ।

आन्दोलनको मिति र कार्यक्रम तय गर्ने अधिकार परिषद्‍बाट विस्तारित कार्यादलीय बैठकलाई प्रत्यायोजित गरिएको महासंघले जनाएको छ ।

विगतका र समसामयिक नयाँ शैक्षिक तथा पेसागत माग समेत समावेश गरी भदौदेखि आन्दोलन गर्ने निर्णय भएको महासंघका अध्यक्ष लक्ष्मीकिशोर सुवेदीले जानकारी दिए ।

हेर्नुहोस् महासंघका निर्णयहरू :

   

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस