25.4 C
Mahendranagar
Monday, April 29, 2024
spot_img

पहाडी जिल्लामा बिसु पर्वको रौनक

धनगढी

प्रदेश नम्वर ७ को साँस्कृतिक पहिचानका रुपमा रहेको बिसु पर्व पहाडी जिल्लामा उल्लासका साथ मनाईदै छ ।

नयाँ वर्षको पहिलो दिन वैशाख १ गतेलाई सुदूरपश्चिमबासीले बिसु पर्वका रुपमा मनाउने चलन रहि आएको छ ।

बिसु पर्व मनाउनका लागि घर बाहिर रहेकाहरु फर्कीएपछि पहाडी जिल्लामा उल्लास छाएको हो ।

बिसु पर्वमा मिठा–मिठा खानाका परिकार खाने र सिस्नो लगाउने प्रचलन रहि आएको छ ।

बिसुका दिन सिस्नो लगाउँदा वर्षभरी काम गर्ने क्रममा शरीरमा रहेका सवै प्रकारका बिष निस्कृय हुने जन बिश्वास रहेको छ ।

बैशाख शुरु भएसंगै रोगव्याधी, महामारी र अनिकालको समय शुरु हुने भएकाले त्यसको सुरक्षाका लागि सिस्नो लगाउने चलन रहेको छ ।

Related Articles

Stay Connected

9,653प्रशंसकजस्तै
43अनुयायीहरूलाईपालन
69अनुयायीहरूलाईपालन
0सब्स्क्राइबरसब्स्क्राइब
- Advertisement -spot_img

Latest Articles