32.1 C
Mahendranagar
Saturday, April 27, 2024
spot_img

नेपालमा पाँच हजार वर्ष पुरानो सभ्यता फेला

काठमाडौँ, जेठ १० गते ।

सिन्धुली, उदयपुर, धनुषा र सिरहा जिल्ला भई बग्ने कमला नदीको सिरहा उत्तरायणी क्षेत्रमा पाँच हजार वर्ष पुरानो सभ्यताको इतिहास फेला परेको दाबी गरिएको छ । कमला उत्तरायणी क्षेत्र प्रदेश १, २, र ३ को सङ्गमस्थल हो ।
धार्मिक मान्यतानुसार भगवान् कृष्ण र वलरामका बुबा नन्दवावा त्यसबेला कंशले दुःख दिएको अवस्थामा वृज्रवासीहरू ९ लाख गाईसहित त्यस क्षेत्रमा आई बसोबास गरेको अध्ययनले औंल्याएको छ । जुन स्थानबाट गाईहरू प्रवेश गरेका हुन् त्यसको नाम ‘गौद्वार’ भनिएकोमा अहिले गोदार भन्ने गरिन्छ ।
कमला नदीको किनार धनुषा क्षेत्रमा पर्दछ । खिर पकाएर खाएको ठाउँलाई खिरयानी र दूध जम्मा गरेको ठाउँलाई दुधौली भनिएको स्थान अहिले पनि त्यही नामले सिन्धुली जिल्लामा परिचित छ ।
यस क्षेत्रको महत्वलाई बोध गरी कमला उत्तरायणी क्षेत्रको धार्मिक र पर्यटकीय क्षेत्रको विकास गर्ने उद्देश्यले कमला उत्तरायणी वृहत्तर क्षेत्र विकास समिति जगतगुरु वालसन्त मोहनसरण देवको संरक्षकत्वमा स्थानीय तहमा गठन गरिएको छ ।
समितिले सिरहाको सहलेस, धनुषाधाम, राजा जनक र सीताको इतिहास एवम् भगवान कृष्ण, वलराम, नन्दवावा, गोकुल, मथुरा, वृन्दावनसँगको धार्मिक सम्बन्ध विकासका लागि पहल गर्ने जनाइएको छ ।
कमला उत्तरायणीस्थित संगममा शिवपार्वती कुण्डमा कुंदी आरतीधाम निर्माण गरी ती मूर्तिहरुको अनावरण संयुक्तरुपमा प्रशासनविद् काशीराज दाहाल, सिरहा जिल्लाका प्रजिअ रुद्रप्रसाद पण्डित, कर्जन्हा नगरपालिकाका प्रमुख गंगा पासवान र तपस्वी ऋषी वावालगायतले गर्नुभएको छ ।
प्रधानमन्त्री केपी शर्मा ओली र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले जनकपुरमा रामायण सर्किटको उद्घाटन गरेको सन्दर्भमा कमला उत्तरायणी क्षेत्रसँगसमेत यसको सम्बन्ध रहेकाले क्षेत्रको विकास हुनु आवश्यक रहेको भनाइ स्थानीयवासीको छ ।

Related Articles

Stay Connected

9,653प्रशंसकजस्तै
43अनुयायीहरूलाईपालन
69अनुयायीहरूलाईपालन
0सब्स्क्राइबरसब्स्क्राइब
- Advertisement -spot_img

Latest Articles