29.7 C
Mahendranagar
Sunday, April 28, 2024
spot_img

१०१ सदस्यीय महाशिवरात्रि पर्व मूल समारोह समिति गठन

काठमाडौँ, माघ २१ गते । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेशकुमार भट्टराईको अध्यक्षतामा १०१ सदस्यीय महाशिवरात्रि पर्व मूल समारोह समिति गठन गरिएको छ । महाशिवरात्रि पर्व आउँदो फागुन ९ गते परेको छ ।

आसन्न पर्वलाई सहजताका साथ सम्पन्न गर्न समिति गठन गरिएको हो । पशुपति क्षेत्र विकास कोषका कोषाध्यक्ष डा. मिलनकुमार थापाका अनुसार यो वर्षको महाशिवरात्रिका लागि ७५ लाख रुपियाँ बजेटसमेत विनियोजन गरिएको छ ।

नेपाल भ्रमण वर्ष परेकाले यस पर्वमा विश्वका हिन्दुहरूको आगमन हुन सकोस् भन्ने उद्देश्यका साथ पशुपति क्षेत्रमा भएका विकास निर्माणको मर्मत र शृङ्गारका कार्य थालिएको छ । यो पटक भारतको प्रयागमा हिन्दु मेला पनि परेकाले प्रयागबाट यहाँ पर्व मनाउन बढी सङ्ख्यामा साधुसन्त आउने सूचना आइसकेको छ । अघोर सम्प्रदायका साधु डा. त्यागिनाथको पशुपति भष्मेश्वरमा आगमन भइसकेको छ ।

महा शिवरात्री पर्ब

पशुपति गुठी गोश्वारा कार्यालयका युवराज रेग्मीका अनुसार नेपाल आएका साधुले यसबारे गोश्वारालाई जानकारी दिएका छन् । महाशिवरात्रिमा योपटक निःशुल्क स्वास्थ्य शिविरलाई महìव दिइएको छ । रामघाट स्वास्थ्य केन्द्र पिङ्गलास्थानका अध्यक्ष प्रवेश भण्डारीका अनुसार केन्द्रले विशेषज्ञ चिकित्सकसहितको शिविर सञ्चालन गर्दैछ ।
गुठी संस्थानले पनि ५० लाख रुपियाँको हाराहारीमा पर्वका लागि खर्च गर्ने जनाएको छ । परम्पराअनुसार दान दक्षिणा दिनुपर्ने, सदावर्त (निःशुल्क भोजन) लगायत पशुपतिनाथ तथा राजगुठी अन्तर्गतका यस क्षेत्रका सबै शिवालयमा महाशिवरात्रि उधुमका साथ मनाउनका लागि संस्थानले आवश्यक व्यवस्थापन गरिरहेको छ ।

संस्थानले ४५ हजार किलो दाउरा धुनीका लागि मगाएको छ भने आधाभन्दा बढी दाउरा पशुपति ल्याइएको छ । पशुपतिनाथ मन्दिर प्रवेश तथा बहिर्गमनलाई विगतभन्दा व्यवस्थित गर्ने विषयमा कोषमा छलफल भइरहेको छ । पशुपतिनाथ मन्दिरको छानु, बसाहा, गजुर, त्रिशूल, गर्भगृहको जलहरी र जलद्रोणीलाई १४१ किलो सुनले मोर्ने कोषको निर्णयलाई पनि यो महाशिवरात्रिमा भक्तजनसमक्ष जानकारीका लागि कार्यक्रम लगिँदैछ ।

Related Articles

Stay Connected

9,653प्रशंसकजस्तै
43अनुयायीहरूलाईपालन
69अनुयायीहरूलाईपालन
0सब्स्क्राइबरसब्स्क्राइब
- Advertisement -spot_img

Latest Articles