33 C
Mahendranagar
रेडियो नेपाल लाइभ
Saturday, September 21, 2024
spot_img

सरकारी सिटामोल आजबाट बजारमा आउने

काठमाडौं, २३ चैत –

नेपाल औषधि लिमिटेडले सात वर्षपछि उत्पादन गरेको सिटामोल आजबाट बजारमा आउने भएको छ ।

गत फागुन ९ गतेबाट विश्व स्वास्थ्य संगठनले तोकेको मापदण्डअनुसार जीएमपी मोडलमा सिटामोल उत्पादन सुरु गरेको लिमिटेडले १० लाख सिटामोल आजबाट बजारमा ल्याउन लागेको हो ।

सिटामोलको खुद्रामूल्य प्रति ट्यावलेट १ रुपैयाँ तोकिएको छ ।

सरकारले पहिलो चरणमा ६ करोड ४८ लाख रकम विनियोजन गरेपछि औषधी लिमिटेडले पुनर्जीवन पाएको हो ।

पहिलो चरणमा उद्योगको ब्राण्डको रूपमा चिनिएको सिटामोल उत्पादन गरेको लिमिटेडले आगामी दिनहरुमा आइरन चक्की, जुकाको औषधीलागायत २० प्रकारका चक्की औषधी उत्पादन गर्ने लक्ष्य लिएको छ।

Related Articles

सामाजिक सञ्जाल

9,653प्रशंसकजस्तै
43अनुयायीहरूलाईपालन
69अनुयायीहरूलाईपालन
0सब्स्क्राइबरसब्स्क्राइब
- Advertisement -spot_img

ताजा समाचार

Discover more from Sudur News

Subscribe now to keep reading and get access to the full archive.

Continue reading