33 C
Mahendranagar
रेडियो नेपाल लाइभ
Saturday, September 21, 2024
spot_img

वर्षाबाट एक करोडको काँचो इँट्टाको क्षति

कञ्चनपुर, २६ चैत।

लगातारको वर्षाका कारण कञ्चनपुरमा एक करोड मूल्य बराबरको काँचो इँट्टा नोक्सानी भएको छ ।

सुकाउनका लागि तयारी अवस्थामा राखिएका काँचो इँट्टा वर्षाको पानीले भिजेर क्षति भएको हो।

महाकाली इँट्टा टायल उद्योग व्यवसायी संंघ कञ्चनपुरका अध्यक्ष बलदेवसिंह बुडालका अनुसार कञ्चनपुरमा सञ्चालित ३९ उद्योगका झण्डै दश लाख भन्दा बढी इँट्टामा नोक्सानी पुगेको छ ।

प्रतिइँट्टाको लागत नौ देखि १२ सम्म पर्ने गरेको छ । इँट्टा उत्पादनका लागि पानी नपर्ने गरेका कारण चैत महिनालाई उपयुक्त महिनाका रूपमा लिइने गरिन्छ ।

लाखौँका तयारी इँट्टामा प्राकृतिक विपद्बाट नोक्सानी भएपछि मर्कामा परेको उहाँले बताए।
(रासस)

Related Articles

सामाजिक सञ्जाल

9,653प्रशंसकजस्तै
43अनुयायीहरूलाईपालन
69अनुयायीहरूलाईपालन
0सब्स्क्राइबरसब्स्क्राइब
- Advertisement -spot_img

ताजा समाचार

Discover more from Sudur News

Subscribe now to keep reading and get access to the full archive.

Continue reading