33 C
Mahendranagar
रेडियो नेपाल लाइभ
Saturday, September 21, 2024
spot_img

कैलाली उद्योग बाणिज्य संघमा तालाबन्दी

धनगढी बैशाख १३

नक्कली सदस्यता खारेजको माग गर्दै कैलाली उद्योग बाणिज्य संघमा तालाबन्दी गरिएको छ । वास्तविक व्यवसायीहरुले नक्कली सदस्यता खारेज गर्न पटक–पटक लिखित र मौखिक रुपमा माग गर्दा पनि वर्तमान कार्यसमितीले वास्ता नगरेको भन्दै आज विहान तालाबन्दी गरेका हुन् ।

वास्तविक व्यवसायीहरुले यसअघि नै जिल्ला प्रशासन कार्यालयमा छानविनका लागि उजुरी दिएका थिए भने वर्तमान कार्यसमितीलाई पटक–पटक लिखित र मौखिक रुपमा नक्कली सदस्यता खारेजको माग सहित निवेदन पनि गरेका थिए ।

झण्डै ९ हजार संघका सदस्य मध्ये चार हजार भन्दा वढी नक्कली सदस्यहरु रहेको र यसपाली पनि थप भएकोले उनीहरुलाई खारेज गर्नुपर्ने माग सहित आज विहान ७ बजे तालाबन्दी गरिएको हो ।

उनीहरुले वैशाख २२ गते हुने साधारण सभा अगाडी नै नक्कली सदस्यता खारेज गर्नुपर्ने माग गरेका छन् । वास्तविक व्यवसायीहरुले नयाँ सदस्यहरुलाई प्यान र भ्याटमा दर्ता गराएर मात्रै मतदाधिकारको प्रयोग गर्न दिनुपर्ने पनि माग गरेका छन् ।

व्यवसायिक हक हितका साथै प्रदेशका विभिन्न सामाजिक अभियान सञ्चालन गराउनका लागि नक्कली सदस्यहरुलाई हटाएर वास्तविक व्यवसायीको संघ वनाउन उनीहरुको माग छ ।

यसअघि निर्वाचन अगाडी नै नक्कली व्यवसायीको सदस्यता खारेज गर्न उद्योग वाणिज्य संघका पुर्व अध्यक्षहरुले पनि माग गरेका थिए ।

Related Articles

सामाजिक सञ्जाल

9,653प्रशंसकजस्तै
43अनुयायीहरूलाईपालन
69अनुयायीहरूलाईपालन
0सब्स्क्राइबरसब्स्क्राइब
- Advertisement -spot_img

ताजा समाचार

Discover more from Sudur News

Subscribe now to keep reading and get access to the full archive.

Continue reading