32.2 C
Mahendranagar
रेडियो नेपाल लाइभ
Saturday, September 21, 2024
spot_img

कैलाली उद्योग वाणिज्य संघ – फर्जी मतदाताहरुका विषयमा उच्च अदालत दिपायलले आदेश दिएपछि वास्तविक व्यवसायी हर्षित

धनगढी, २२ बैसाख ।

कैलाली उद्योग वाणिज्य संघका फर्जी मतदाताहरुका बिषयमा दायर भएको रिटमा उच्च अदालत दिपायलले जारी गरेको अन्तरिम आदेशको धनगढीका व्यवसायीहरुले स्वागत गरेका छन ।

अदालतको आदेशपछि आजका लागि तोकिएको संघको निर्वाचन अनिश्चितकालका लागि स्थगित भएको छ । अदालतको यस्तो आदेशपछि अब फर्जी मतदाताहरु खारेज हुने भन्दै वास्तविक व्यवसायीहरु खुसी भएका हुन । अब चुनावका लागि मात्रै तयार पारिएका फर्जी सदस्यता खारेज गरेर मात्रै निर्वाचन गर्न उनीहरुको माग छ।

कैलाली उद्योग वाणिज्य संघको निर्वाचन स्थगित गर्न उच्च अदालत दिपायलले आदेश दिएसँगै वास्तविक व्यवसायीहरु खुशी भएका हुन् । चुनावका लागि गैर व्यवसायीलाई सदस्य बनाएको भन्दै उच्च अदालत दिपायलमा दुई वटा रिट परेपछि अदालतले तत्कालका लागि निर्वाचन रोक्न आदेश दिएपछि वास्तविक व्यवसायीहरु हर्षित भएको एक जना व्यवसायी नवराज मिश्रले वताए ।

पछिल्ला तीन कार्यकालदेखि नक्कली व्यवसायी फर्म दर्ता गरेर कैलाली उद्योग वाणिज्य संघको निर्वाचन जित्ने प्रवृति रहँदै आएकोमा वास्तविक व्यवसायी संघ प्रति नै रुष्ट हुँदै आएका थिए । तर यसपाली फर्जी व्यवसायीका विषयका उच्च अदालतमा मुद्धा परेपछि गैरसदस्यता खारेज हुने आशा पलाएको व्यवसायी डिल्लीराज अवस्थीले वताए ।

वडा कार्यालयमा दर्ता गरेर सरकारका अन्य निकायमा पनि दर्ता विना नै चुनावलाई प्रभावित गर्नका लागि नक्कली व्यवसायिक फर्म वनाएर सदस्य संख्या थपिदै आएको छ । यसपाली पनि यस्तै हुँदा निराश भएका व्यवसायीहरु साधारण सभा स्थगितको आदेशपछि आशावादी देखिएको व्यवसायी हर्क दानपालीले जानकारी दिए ।

कानुन विपरित दर्ता भएका व्यवसायीवाट राजश्व गुम्ने र अस्वच्छ प्रतिस्पर्धा हुने ठहर गर्दै उच्च अदालतले अर्को आदेश नआएसम्म चुनाव स्थगित गर्न आदेश दिएको थियो । यो आदेशसँगै कैलाली उद्योग वाणिज्य संघले विगतमा सञ्चालन गरेका समृद्धिका अभियान र व्यवसायिक हक हित हुने आशा व्यवसायी श्याम महराको छ ।

उच्च अदालतले कैलाली उद्योग वाणिज्य संघकोे साधारण सभा स्थगित गर्न आदेश दिएपछि साधारण सभा स्थगित अनिश्चित वनेका वेला मुद्धाको विषयमा जेठ १० गते अर्को पेसी तोकिएको छ । सो वहसमा फर्जी मतदाताको विषयमा के हुने भनेर टुंगो लाग्ने वा थप प्रमाण आवश्यक परेमा पेसी अर्को दिनका लागि सर्नेछ ।

Related Articles

सामाजिक सञ्जाल

9,653प्रशंसकजस्तै
43अनुयायीहरूलाईपालन
69अनुयायीहरूलाईपालन
0सब्स्क्राइबरसब्स्क्राइब
- Advertisement -spot_img

ताजा समाचार

Discover more from Sudur News

Subscribe now to keep reading and get access to the full archive.

Continue reading