32.2 C
Mahendranagar
रेडियो नेपाल लाइभ
Saturday, September 21, 2024
spot_img

अनामनगरमा प्रहरी छापाः सुन तस्करका मुख्य लगानीकर्ता ‘एमके’को घरबाट गोप्य कागजात फेला

काठमाडौं, २५ जेठ।

साढे ३८ क्विन्टल सुनका मुख्य लगानीकर्ता भनिएका मोहनकुमार अग्रवालको अनामनगरस्थित घरमा प्रहरीले छापा मारेको छ ।

भारतमा लुकेर बसेको आशंका गरिएका अग्रवाल घरमा ताला लगाएर फरार छन् ।

शुक्रबार प्रकरणको अनुसन्धान गर्न गठिन विशेष अनुसन्धान समितिले उनको घरमा छापा मारेर केही महत्वपूर्ण कागजातहरु बरामद गरेको दाबी गरेको छ ।

सुनसरीको धरान उपमहानगरपालिका–३ स्थायी घर भएका अग्रवाललार्इ छानबिन समितिले उनलार्इ नियन्त्रणमा लिने प्रयास गरे पनि हालसम्म पक्राउ पर्न सकेका छैनन् ।

यसअघि प्रकरणमा पक्राउ परेका राप्रपा (प्रजातन्त्रिक)का नेता भुजुङ गुरुङले गृह मन्त्रालयका सह–सचिव र्इश्वरराज पौडेलको नेतृत्वमा गठन भएको समित समक्ष बयान दिने क्रममा ३३ किलो सुनको लगानीकर्ता मोहनकुमार अग्रवाल भएको बताएका थिए ।

Related Articles

सामाजिक सञ्जाल

9,653प्रशंसकजस्तै
43अनुयायीहरूलाईपालन
69अनुयायीहरूलाईपालन
0सब्स्क्राइबरसब्स्क्राइब
- Advertisement -spot_img

ताजा समाचार

Discover more from Sudur News

Subscribe now to keep reading and get access to the full archive.

Continue reading