32.2 C
Mahendranagar
रेडियो नेपाल लाइभ
Saturday, September 21, 2024
spot_img

(लिउड़ो) निहुरोको सागबाट पैसा पनि पोषण पनि, मासिक ६०,००० भन्दा बढी कमाउदै

मोरङ, असोज ७।

पोषणविद्हरूका अनुसार निहुरो पौष्टिकताले भरिपूर्ण हुन्छ र त्यो मानव स्वास्थ्यको लागि पनि निकै लाभदायक हुन्छ। नेपालमा पाइने जंगली वनस्पती वर्गमा पर्ने निहुरोलाई कतिपय ठाउँमा न्युरो वा निगुरो पनि भन्ने चलन छ।

पहाडी भेगमा पाइने कालो निहुरो होस् या तराइ क्षेत्रका जंगलमा पाइने हरियो निहुरो, कतिपयले खासै मन पराएको पाइँदैन। वर्षातको समयमा जंगलमा आफै उम्रने निहुरोबाट कतिपयले तरकारी र कतिले अचार बनाउँदा रहेछन्।

पूर्वी नेपालको पूर्वपश्चिम राजमार्गअन्तर्गत झापा र मोरङका जंगलक्षेत्रमा सजिलै पाइने हरियो निहुरो विराटनगर, धरान, काठमाण्डूलगायतका मुख्य शहरका उपभोक्ताका भान्सासम्म पुग्ने गरेको छ।

निहुरो (लिउड़ो) को  साग

स्थानीय किसानहरूले जंगलबाट टिपेर ल्याएको निहुरो संकलन गरेर व्यापारीहरूले बाहिर पठाउने गरेको व्यापारी रामबाबु गुप्ता बताउँछन्। निहुरोको व्यापार जंगल आसपासका धेरै मानिसहरूको जीविकोपार्जनको माध्यम बन्दै गएको बताइन्छ।

मोरङ डागीहाटकी शान्ति घिमिरे भन्छिन् “जहाँबाट आएर पनि टिपेर लान पाइन्छ। परिवारको चार पाँच जना आए नि भयो। यही निहुरो टिपेर धेरैको घर चलेको छ। बालबच्चा पढाएका छन्। हामी जस्तोले पनि सिजनमा महिनाको ६० हजार जति कमाउँछौँ।”

कतिपय विद्यार्थीहरूले समेत बिहान, बेलुका र बिदाको समयमा निहुरो टिपेर आफ्नो पढाइ खर्च जुटाउने गरेको भेटिन्छन्। आम्दानीका हिसाबले निकै राम्रो देखिएको निहुरो स्वास्थ्यका हिसाबले पनि त्यतिकै गुणकारी रहेको पोषणविद्हरू बताउँछन्।

पौष्टिक तत्व

उनीहरूले निहुरोलाई पौष्टिकताले भरिपूर्ण भएको वनस्पतिका रूपमा चित्रण गरेका छन्। पोषणविदहरूका अनुसार निहुरोमा प्रोटिन, क्याल्सियम, भीटामिन ‘ए’ लगायतका धेरै पौष्टिक तत्वहरू पाइन्छन्।

पोषणविद् डा. अरुणा उप्रेती भन्छिन् “यसमा कोलेस्टेरोल अथवा बोसोजन्य पदार्थ पाइँदैन। त्यसैले वजन घटाउन चाहने मानिसहरूका लागि पनि निहुरो खानु उत्तम उपाय हो। भिटामिन ‘ए’ लगायत विभिन्न सुक्ष्म पौष्टिक तत्वहरू पाइने भएकाले बच्चा र गर्भवती महिलाहरूलाई कुपोषणबाट बचाउन निहुरोले निकै मद्दत गर्छ।”

त्यसैले बालबालिका र गर्भवती महिलाहरूका लागि भिटामिन क्याप्सुलको साटो निहुरोको सागजस्ता हरियो तरकारी खान र ख्वाउन सिफारिस गर्नुपर्ने उनको सुझाव छ। निहुरो जस्तै देखिने केही वनस्पति विषालु पनि हुने भएकाले राम्रोसँग चिनेर मात्र प्रयोग गर्न वनस्पतिविद्हरूले सल्लाह दिएका छन्। – श्रोत – बिबिसी नेपाली

Related Articles

सामाजिक सञ्जाल

9,653प्रशंसकजस्तै
43अनुयायीहरूलाईपालन
69अनुयायीहरूलाईपालन
0सब्स्क्राइबरसब्स्क्राइब
- Advertisement -spot_img

ताजा समाचार

Discover more from Sudur News

Subscribe now to keep reading and get access to the full archive.

Continue reading