29.7 C
Mahendranagar
Sunday, April 28, 2024
spot_img

भारतको बिहार बोर्ड कक्षा १२ को रिजल्ट – ३५ मध्ये ४० अंक, पुर्णांक भन्दा बढी प्राप्तांक

नयाँ दिल्ली, २६ जेठ ।

भारतमा देशभरिका बिभिन्न राज्यका माध्यमिक तथा उच्च-माध्यमिक परीक्षा बोर्ड हरुले परीक्षाफल प्रकाशित गरिरहेका छन ।

२ बर्ष अघि भ्रस्टाचार र घुसखोरीको सबैभन्दा ठुलो नमुना प्रस्तुति दिएको बिहार बोर्ड (बिहार विद्यालय परीक्षा समिति), यस बर्ष फेरी विवादमा फसेको छ।

यस पटक कक्षा १२ को परीक्षामा धेरै जसो विद्यार्थीले पुर्णांक भन्दा बढी अंक प्राप्त गरेको समाचार भारतीय संचार माध्यममा चर्चामा छ ।

भौतिक बिज्ञान (Physics) बिषयको १०० अंकमध्ये लिखित ७० अंक र प्रयोगात्मक ३० अंकको थियो । लिखित ७० मध्ये थ्योरी र ओब्जेकटिब ३५/३५ को थियो . उपरोक्त बिद्यार्थीले ३५ पुर्णांक मध्ये ३८ अंक प्राप्त गरेका छन ।

यस्तै अन्य विद्यार्थीहरुले पनि पुर्णांक भन्दा बढी अंक प्राप्त गरेको उल्लेख गरेका छन ।

Related Articles

Stay Connected

9,653प्रशंसकजस्तै
43अनुयायीहरूलाईपालन
69अनुयायीहरूलाईपालन
0सब्स्क्राइबरसब्स्क्राइब
- Advertisement -spot_img

Latest Articles