22.9 C
Mahendranagar
रेडियो नेपाल लाइभ
Monday, December 23, 2024
spot_img

जिम्बाब्बेको राष्ट्रपतिमा मनांगाग्वा निर्वाचित

काठमाडौं, साउन १८ ।

जिम्बाब्बेको राष्ट्रपति निर्वाचनमा एमर्सन मनांगाग्वा निर्वाचित भएका छन् । पूर्वराष्ट्रपति रोबर्ट मुगाबेले समर्थन गरेका विपक्षी पार्टीका उम्मेदवार नेल्सन चमिसालाई झिनो मत अन्तरले हराउँदै मनांगाग्वा विजयी भएका हुन् ।

जिम्बाब्बेको चुनाव आयोग प्रमुख जस्टिस प्रिसिला चिगुम्बाले मनागांग्वा विजयी भएको घोषणा गरेको बीबीसीले जनाएको छ । कमाण्ड एकपटक फेरि एमर्सन मनांगाग्वाको हातमा आएको छ ।

१० प्रान्तको परिणाम जारी गर्दै चुनाव आयोगले भनेको छ मनांगाग्वाले ५० दशमलव ८ प्रतिशत भोट हासिल गरेका छन् । यसैगरी विपक्षी उम्मेदवार नेलसन चमिसाले ४४ दशमलव ३ प्रतिशत भोट पाए ।

मूभमेन्ट फर डेमोक्रेटिक चेन्ज (एमडीसी) गठबन्धनको प्रमुख मोर्गन कोमिचीले भने यस नतिजालाई फर्जी बताउँदै अस्वीकार गरेका छन् ।

जिम्बाब्बे चुनाव आयोगले भने निर्वाचनमा कुनै धाँधली नभएको स्पष्ट पारेको छ । नोभेम्बरमा ९४ वर्षीय तत्कालीन राष्ट्रपति रोबर्ट मुगाबेले पदबाट राजीनामा दिएपछि जिम्बाब्बेमा पहिलोपटक निर्वाचन भएको थियो ।

मुगाबेलाई पदबाट हटाएर तत्कालीन उपराष्ट्रपति मनांगाग्वा राष्ट्रपति बनेका थिए । यसबाट रुष्ट मुगाबेले आफ्नै पार्टी जानु पीएफका उम्मेदवार मनांगाग्वालाई चुनावमा नसघाएर विपक्षी उम्मेदवार चमिसालाई समर्थन गरेका थिए ।

३८ वर्ष अघि स्वतन्त्र भएको जिम्बाब्बेमा त्यतिबेलादेखि नै जानु पीएफ पार्टी सत्तामा छ ।

निर्वाचनको क्रममा राजधानी हरारेमा फैलिएको दंगा निर्वाचन परिणामपछि शान्त भएको छ । निर्वाचनको क्रममा भएको हिंसामा कम्तिमा ६ जनाको मृत्यु भएको थियो ।

Related Articles

सामाजिक सञ्जाल

9,653प्रशंसकजस्तै
43अनुयायीहरूलाईपालन
69अनुयायीहरूलाईपालन
0सब्स्क्राइबरसब्स्क्राइब
- Advertisement -spot_img

ताजा समाचार

Discover more from Sudur News

Subscribe now to keep reading and get access to the full archive.

Continue reading