२२ वर्षिया कमला शर्मा कक्षा १२ को परीक्षाको तयारीमा थिईन् । उनीको पर्वतका २३ वर्षिय प्रदिप पराजुलीसँग चिना परिचय भयो ।
अन्ततः आज,भोली,पर्सी धाउँदै र फेशवुकबाट सुन्दर भविश्यका सपना देखाउँदै माया प्रेमको जालमा फसाउन सफल भए पराजुली ।
उनीहरुवीच लामो समयदेखि प्रेम सम्वन्ध चल्दै थियो । विवाहको प्रलोभनमा उनले पराजुलीलाई शारीरिक सम्बन्ध समेत भयो । त्यहि क्रममा शर्माले गर्भधारण गरिन् । दिन प्रतिदिन पेटमा बढ्दै गएको शिशु के जन्मिएला ? कस्तो जन्मिएला ? यस्तैयस्तै मिठा सपनाहरु देख्दै आएकी शर्माले त्यो सपना प्रेमी पराजुलीसँग साट्न चाहिन् ।
तर, त्यो खुशी साटेको केहिछिन नवित्दै आफ्नै मुटुको टुक्रा ठानिएका प्रेमीले गला रेटेर ज्यान लियो र कालिगण्डकीमा फालिदियो ।
केहिदिन अघि गुल्मीको खड्गकोट पुछार कालिगण्डकी नदि किनारमा मृत फेला परेकी युवतीको घटना हो यो । वेवरिसे अवस्थामा भेटिएको उनको शव गुल्मी जिल्ला प्रहरी कार्यालयमा ल्याईयो ।
प्रहरीले शवको सनाखत पनि ग¥यो । शव वाग्लुङ्ग जैमुनी गाउँपालिका वडा नम्वर ८ की कमला शर्माको भएको खुल्यो ।
उनको हत्या गरेर कालिगण्डकीमा फाल्ने पर्वतका विहादी गाउँपालिका वडा नम्वर २ बस्ने पदिप पराजुलीलाई प्रहरीले पक्राउ गरी पर्वत जिल्ला प्रहरी कार्यालय पठायो ।
पर्वत जिल्ला प्रहरी कार्यालयका प्रमुख डिएसपी दिलिप घिमिरेले शर्माको हत्या गरेको स्वीकार गरेको बताए ।
डिएसपी घिमिरेका अनुसार पराजुलीले यस्तो वयान दिएका छन्
‘उ सँग मेरो प्रेम सम्वन्ध थियो । माघ ५ गते साँझ ६ वजेतिर पर्वत र गुल्मी जोड्ने वउर पुलपारीको खेतमा हाम्रो भेट भयो । खेतमा एकछिन बस्यौं । उनले मेरो पेटमा गर्भ रहेको छ भनिन् । मैले गर्भपतन गर भनेर पटक पटक सम्झाएँ । उनले मान्दै मानिन् । त्यसपछि हाम्रो झगडा भयो । म फँस्ने भएँ, विवाह गर्न पर्नेभयो भन्ने ठानेर उनको सल झिकेर गलामा कसेँ, उनको ज्यान लिई सकेपछि लतार्दै त्यही पुलमा लगेर खोलामा फालिदिएँ ।’