22.5 C
Mahendranagar
Friday, May 3, 2024
spot_img

बैतडीमा १०३ कर्मचारीले स्वेच्छिक अवकाश लिदै

बैतडी,२६ फागुन-
स्वेच्छिक अवकाशका लागि बैतडीमा १०३ जना कर्मचारीले निवेदन दिएका छन् । जिल्ला प्रशासन कार्यालय बैतडीका नायव सुब्बा गिता भण्डारीका अनुसार सबैभन्दा बढी हुलाकका २८ जना कर्मचारी रहेका छन् । यस्तै जिल्ला स्वास्थ्य कार्यालयका १७ , कृषिका ८,बन कार्यालयका ७, पशु सेवा कार्यालयका ६ लगायत गरी १०३ कर्मचारीले स्वेच्छिक अवकाशका लागि जिल्ला प्रसासन कार्यालयमा निवेदन दिएका हुन् । स्वेच्छिक अवकाशका लागि निवेदन दिने धेरैजसो कर्मचारी श्रेणीविहीनका रहेका नायव सुब्बा भण्डारीले बताउनुभयो ।

सरकारले निजामती सेवाका कर्मचारीलाई स्वेच्छिक अवकाश लिने बाटो खुला गरेपछि सो आवेदन परेको हो । स्वेच्छिक अवकाशमा सहभागी हुने कर्मचारीले सात वर्षको निवृत्तभरण एकमुष्ठ रुपमा पाउनेछन् । त्यसपछि पनि प्रचलित काननुन अनुसार उनीहरुले निवृत्तभरण पाउनेछन् ।
सात वर्षको एकमुष्ठ निवृत्तभरण रकम पाएपछि सो सात वर्षको अवधिमा बहालवाला सरकारी कर्मचारीको तलब वृद्धि हुँदा समान पदबाट निवृत्त कर्मचारीहरुले प्राप्त गर्ने थप निवृत्तभरण रकम पनि पाउनेछन् ।

२० बर्ष सेवा अवधी पुरा गरेकोे तथा उमेरले ५० बर्ष नाघेका कर्मचारीका लागी सरकारले स्वेच्छिक अवकाश लिने विकल्प दिएको हो । अवकाश लिने कर्मचारीलाई सात वर्षको पेन्सन रकम अग्रिम उपलब्ध गराइदिने सरकारको योजना भएकाले लाभग्राही उत्साहित भएका हुन् ।

Related Articles

Stay Connected

9,653प्रशंसकजस्तै
43अनुयायीहरूलाईपालन
69अनुयायीहरूलाईपालन
0सब्स्क्राइबरसब्स्क्राइब
- Advertisement -spot_img

Latest Articles