34 C
Mahendranagar
Tuesday, April 30, 2024
spot_img

बैतडीमा नवजात शिशुको शव फेला

बैतडी,२८ फागुन-

बैतडीमा आज बेवारिसे एक नवजात शिशुको शव फेला परेको छ । सदरमुकामस्थित दशरथचन्द नगरपालिका– ४ गोठलापानी आँखा अस्पताल छेउमा सोमबार दिउँसो टाउको नभएको बेवारिसे नवजात शिशु (बालिका) को शव फेला परेको प्रहरी नायव उपरिक्षक हेरम्व शर्माले जानकारी दिनुभयो । उहाँले भन्नुभयो“ कसैले शिशु जन्मनेवित्तिकै हत्या गरि फालेको वा मृत शिशु जन्मिएर फालिएको भन्ने बारेमा केहि खुल्न सक्छ” ।

शवको प्रकृति हेर्दा शव जन्मिने वितिक्कै कसैले फालेको जस्तो रहेको उहाँले बताउनुभयो । गाडेको अवस्थाको रहेको शवलाई स्यालले बाहिर निकालेको तथा शव सडेको अवस्थामा फेला परेकाले दुई–तीन हप्ता अगाडीको हुनसक्ने प्रहरीले अनुमान गरेको छ । स्थानीयले शिशुको शव देखेपछि प्रहरीलाई खबर गरेका थिए । शिशुको शव परिक्षणका लागी जिल्ला अस्पताल बैतडीमा राखिएको छ । घटनाबारे थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ ।

Related Articles

Stay Connected

9,653प्रशंसकजस्तै
43अनुयायीहरूलाईपालन
69अनुयायीहरूलाईपालन
0सब्स्क्राइबरसब्स्क्राइब
- Advertisement -spot_img

Latest Articles