19 C
Mahendranagar
रेडियो नेपाल लाइभ
Friday, November 22, 2024
spot_img

दार्चुलाका ११ मतदानस्थल अति संवेदनशील सूचीमा, सुरक्षा व्यवस्था कडा

१३ असार, दार्चुला । दोस्रो चरणको स्थानीय तहको निर्वाचनको लागि दार्चुलामा सुरक्षा व्यवस्था कडा पारिएको छ । जिल्लाका १ सय १० मतदानस्थलमध्ये ११ मतदानस्थल अति संवेदनशील र १० मतदानस्थल संवेदनशील सूचीमा राखिएको छ ।

भौगोलिक विकटता, आपराधिक गतिविधि, सीमा नाका नजिक, सञ्चार सेवाको असुविधा लगायत कारणले ११ मतदान स्थललाई अति संवेदनशील र १० स्थललाई सुरक्षाको दृष्टिकोणले संवेदनशील सूचीमा राखिएको दार्चुलाका प्रहरी निरीक्षक लालबहादुर साउदले बताए । त्यस्तै, ८९ वटा मतदान केन्द्रलाई सामान्य सूचीमा राखिएको छ । सुरक्षा संवेदनशीलता विचार गरेर जिल्लाभरिको सुरक्षा व्यवस्था कडा पारिएको साउदले दाबी गरे ।

निर्वाचनका बेला मतदाताहरुलाई पूर्ण सुरक्षा अनुभूति गराउन बाक्लो संख्यामा सुरक्षाकर्मी खटाइएको छ । जिल्लाका १ सय २८ मतदान केन्द्रमा ६ सय ३१ नेपाल प्रहरी र ५ सय ३० जना म्यादी प्रहरी खटाइएको जिल्ला प्रहरी कार्यालय दार्चुलाले जनाएको छ ।

त्यस्तै, विभिन्न ठाउँमा सशस्त्र प्रहरी पनि खटाइएको छ । शैल्यशिखर नगरपालिकामा ५० जना, मार्मा गाउँपालिकामा ४० जना, मालिकार्जुन र नौगाड गाउँपालिकामा ३०/३० जना सशस्त्र प्रहरी खटाइएको सशस्त्र प्रहरी बल सीमा सुरक्षा गुल्म दार्चुलाले जनाएको छ । सदरमुकाम खलंगामा पनि आवश्यकता अनुसार सशस्त्र प्रहरी परिचालन गरिने भएको छ ।

यसका साथै जिल्लाको विभिन्न ठाउँमा नेपाली सेनाले बेस क्याम्प स्थापना गरी निर्वाचनमा सुरक्षा प्रदान गर्ने दुर्गादल गुल्मले जनाएको छ ।

Related Articles

सामाजिक सञ्जाल

9,653प्रशंसकजस्तै
43अनुयायीहरूलाईपालन
69अनुयायीहरूलाईपालन
0सब्स्क्राइबरसब्स्क्राइब
- Advertisement -spot_img

ताजा समाचार

Discover more from Sudur News

Subscribe now to keep reading and get access to the full archive.

Continue reading