धनगढी चैत २४।
धनगढीमा
जनआन्दोलन दिवसको अवसरमा बर्तमान सरकार विरुद्ध भण्डाफोर तथा प्रतिरोध कार्यक्रम गरिरहेका नेकपाका कार्यकर्ता र प्रहरीविच धनगढीको ट्राफीक चौराहमा झडप भएको हो ।
प्रहरीले प्रशासनबाट अनुमति बिनानै ऱ्याली निकालेर सडक बन्द गर्न खोजेको र रोक्न खोज्दा प्रहरीमाथि हातपात गरेकाले झडप भएको जनाएको छ ।
नेकपाले भने जनआन्दोलन दिवस मनाईरहँदा प्रहरीले हस्तक्षेप गरेको आरोप लगाएको छ । उस्ले आफ्ना १५ जना कार्यकर्ताहरु झडपमा परि घाईते भएको र एकोहोरो झडप भएको दावी गरेको छ ।
प्रहरीमाथि नै हातपात गर्न खोजेपछि १५ जनालाई नियन्त्रणमा लिईएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ ।