२८ चैत, डोटी ।
चट्याङ्ग लागेर डोटीमा दुई जनाको मृत्यु भएको छ।
डोटीको जोरायल गाउँपालिका २ डाँडाखालीमा बुधवार दिउँसो चट्याङ्ग लागेर स्थानीय चक्र भण्डारीका १२ वर्षीय छोरा ओमप्रकाश भण्डारी र खेम भण्डारीका ९ वर्षीय छोरा भुवन भण्डारी रहेका छन् ।
खेम भण्डारीको घरमा खेलिरहेका बेला परेको चट्याङ्गले दुवैको ज्यान गएको जिल्ला प्रहरी कार्यालय डोटीका प्रहरी नायव उपरीक्षक शिवबहादुर सिंहले जानकारी दिए ।