11.8 C
Mahendranagar
रेडियो नेपाल लाइभ
Monday, December 23, 2024
spot_img

त्रिपुरासुन्दरीमा जैतुनका बिरुवा रोपियो

त्रिपुराकोट, २ जेठ ।

लोप हुँदै गइरहेको जैतुनको बिरुवाको संरक्षण र प्रवद्र्धनका साथै हरित मन्दिरको अवधारणाअनुरुप त्रिपुरासुन्दरी नगरपालिका, त्रिपुराकोटले त्रिपुरासुन्दरी भगवती मन्दिर परिसरमा वृक्षारोपण अभियान अगाडि बढाएको छ ।
त्रिपुरासुन्दरी नगरपालिका–१ अन्तर्गत टाँके डाँडोमा अवस्थित भगवती मन्दिर परिसरमा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत भीमबहादुर धरला, वडा नं १ का अध्यक्ष कर्मसिंह थापा र न्यायिक समिति सदस्य छक्कबहादुर धरलाले संयुक्तरुपमा जैतुनको बिरुवा रोपेर जैतुन बिरुवा संरक्षण तथा हरित मन्दिर अवधारणा अभियानको शुभारम्भ गर्नुभएको हो ।
सधैँ हरियालीयुक्त हुने जैतुनको लोप हुँदै गइरहेको बेला यसको संरक्षण र प्रवद्र्धन पनि हुने र मन्दिरलाई हरित मन्दिरको रुपमा विकास गर्न सकिने भएकाले जैतुन बिरुवाको संरक्षण अभियानअनुरुप मन्दिर परिसरको खाली क्षेत्रमा जैतुन बिरुवा वृक्षारोपण गरिएको नगरका प्रमुख प्रशासकीय अधिकृत भीमबहादुर धरलाले बताउनुभयो ।

जैतुन बिरुवा संरक्षण तथा प्रवद्र्धन अभियानको शुरुवातमा यो वर्ष मन्दिर परिसरमा १०० जैतुनका बिरुवा वृक्षारोपण गरिएको छ ।

पूरै मन्दिर परिसरमा एक हजार ५०० बिरुवा आवश्यक पर्ने भएकाले पाँच वर्षमा अभियान सम्पन्न गर्ने गरी जैतुनको वृक्षारोपण थालनी भएकोे त्रिपुरासुन्दरी नगरपालिकाले जनाएको छ ।

Related Articles

सामाजिक सञ्जाल

9,653प्रशंसकजस्तै
43अनुयायीहरूलाईपालन
69अनुयायीहरूलाईपालन
0सब्स्क्राइबरसब्स्क्राइब
- Advertisement -spot_img

ताजा समाचार

Discover more from Sudur News

Subscribe now to keep reading and get access to the full archive.

Continue reading