38.5 C
Mahendranagar
Thursday, May 2, 2024
spot_img

सेती नदीमा निर्माणाधिन झोलुङ्गे पुल भाँचिदा ३ जना घाईते

डोटी जेठ २२ ।

डोटीमा निर्माणाधीन झोलुङ्गे पुल भाँचिदा तीन जना घाइते भएका छ ।

जिल्लाको शिखर नगरपालिकाको गेरुपानि र दिपायल सिलगढी नगरपालिकाको बाँफी जोड्ने गरी सेती नदीमा निर्माण भइरहेको पुल भाँचीदा तीनजना कामदार घाइते भएको प्रहरीले जनाएको छ ।

घाइते मध्ये एक जनाको अवस्था गम्भीर रहेको छ ।

घाइते हुनेमा सुनसरीको औराहवनीका २४ वर्षीय दिलिपकुमार यादव, २० वर्षीय यवराज चौधरी र सोही स्थानका २२ वर्षीय सुकेत ऋषिदेव रहेका छन् ।

गम्भीर घाइते यवराज चौधरीलाई उपचारका लागि कोहलपुर रेफर गरिएको छ भने अन्य दुईजनाको शैलेश्वरी अस्पतालमा उपचार भइरहेको ईलाका प्रहरी कार्यालय दिपायलका प्रहरी नीरिक्षक दिलबहादुर कुवँरले बताए ।

निर्माणको अन्तीम चरणमा पुगेको पुलका लठ्ठा नकसिएका कारण टावर भाँचिएको हुनसक्ने अनुमान गरिएको छ । पुल खम्बाचो–सविना शेर्पा निर्माण सेवा प्रालि काठमाडौंले निर्माण गरिरहेको थियो ।

Related Articles

Stay Connected

9,653प्रशंसकजस्तै
43अनुयायीहरूलाईपालन
69अनुयायीहरूलाईपालन
0सब्स्क्राइबरसब्स्क्राइब
- Advertisement -spot_img

Latest Articles