21.6 C
Mahendranagar
Thursday, May 2, 2024
spot_img

गौरीगंगामा बलात्कार पछि एक युवतीको हत्या

धनगढी, असार १६।

कैलालीको गौरीगंगा नगरपालिका ११ कटानकी २१ वर्षिया माया वि.क. ३ दिनपछि मृत भेटिएकी छिन्।

मृतकका काका नाता पर्ने करन विकले १२ गतेदेखी हराएकी मायाको शव शुक्रबार साँझ वडा नम्बर ११ कै चपथली सामुदायिक वनको जंगलमा दुवै हात पछाडी बाधेको अवस्थामा भेटिएको बताए।

अर्धनग्न अवस्थामा भेटिएकी मायाको बलात्कार पछि हत्या गरिएको आशंका गरिएको छ।

बलात्कारमा संलग्न भएको आशंकामा प्रहरीले सोधपुछका लागि गौरीगंगाका उमेश चौधरी र गणेश वडवाललाई नियन्त्रणमा लिएको छ।

असार ११ गतेबाट गौरीगंगा नगरपालिकामा करारमा जागिर लागेकी माया १२ गतेदेखी वेपत्ता भएकी थिईन्।

Related Articles

Stay Connected

9,653प्रशंसकजस्तै
43अनुयायीहरूलाईपालन
69अनुयायीहरूलाईपालन
0सब्स्क्राइबरसब्स्क्राइब
- Advertisement -spot_img

Latest Articles