जबरजस्ती करणीका घट्ना बढे

 बैतडी, साउन ६।

पछिल्लो समय बैतडीमा जबरजस्ती करणीका घट्ना बढीरहेको पाईएको छ ।

आर्थिक वर्ष २०७३÷७४ मा ३ वटा जबरजस्ती करणीका मुद्धा दर्ता भएकोमा आर्थिक बर्ष २०७४÷०७५ मा ११ वटा मुद्धा दर्ता भएको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ।
यस्तै आर्थिक वर्ष ०७३÷०७४ मा एउटा मुद्धा गर्भपतन सम्बन्धी दर्ता भएको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रहरी नायव उपरिक्षक नेत्रमणी गिरीले बताए। प्रहरी प्रमुख गिरीका अनुसार आर्थिक बर्ष ०७४÷०७५ मा पनि १ वटा मुद्धा गर्भपतन सम्बन्धी प्रहरी कार्यालयमा दर्ता भएको छ।

यस्तै बहुबिवाहका ५ वटा मुद्धा प्रहरीकोमा आएको गिरीले बताए।
यस्तै जिल्ला प्रहरी कार्यालय बैतडीमा महिला सम्बन्धी महिला हिंसा र घरायसी समस्यामा निवेदन धेरै आउने गरेका छन्।

आर्थिक वर्ष २०७३÷०७४मा महिला हिंसाका ७७ वटा ठाडो उजुरी परेका थिए भने ७५ वटा मिलापत्र गरिएको र २ वटा अदालत पठाएको प्रहरी नायव उपरिक्षक नेत्रमणी गिरीले बताए।
यस्तै २०७४÷७५ मा महिला हिंसा सम्बन्धीका ६६ वटा ठाडो उजुरी परेकोमा ६३ वटा मिलापत्र गरिएको र ३ वटा उजुरी कानुनी प्रक्रियामा अगाडी बढाएको उनले बताए।
पछिल्लो समय महिलामा हिंसा सहेर बस्नु हुदैन भन्ने चेतना भएकोले महिला हिंसाका घट्ना प्रहरीकोमा बढी आउने गरेको गिरीको भनाई छ। गिरीका अनुसार पछिल्लो समय विभीन्न सरकारी तथा गैरसरकारी संघसंस्था, संञ्चारमाध्यमहरुले गरेका संन्देश प्रवाह बाट पनि महिलाहरु हिंसा सहेर बस्नु हुदैन भन्ने मानसिकतामा पुगेको बताए।
प्रविधीको दुरुपयोगले पनि महिला हिंसाका घट्ना बढीरहेको उनको भनाई छ। पहिले हिंसा सहेर बस्ने प्रवृत्तीले धेरै घट्ना प्रहरीकोमा पुग्न नसक्ने गरेको बताउदै प्रहरी प्रमुख गिरीले पछिल्लो समय महिला हिंसा बढेको मात्र नभई महिला हिंसाका घट्ना बाहिर आउने  गरेको बताए।

Exit mobile version