40.5 C
Mahendranagar
Saturday, April 27, 2024
spot_img

चक्कु प्रहार गरी हत्या गरिएका समैमगरका परिवारलाई काँग्रेस नेताको सहयोग

 गौरीगंगा, साउन १२ गते ।

चक्कु प्रहार गरी हत्या गरिएका गौरिगंगा नगरपालिका ७ का मान बहादुर समैमगरका परिवारलाई नेपाली काँग्रेसका नेताले सहयोग राशि हस्तान्तरण गरेका छन् ।

शनिबार मृतकको घरमै पुगेर काँग्रेसका स्थानीय नेताहरुले संकलन गरेको १९ हजार ३ सय ५० रुपैया परिवारलाई हस्तान्तरण गरेका हुन् ।

क्षेत्र नम्बर ४ का सचिव मोहन साउँदको पहलमा संकलन गरिएको रकम नेता कार्यकताको उपस्थितीमा क्षेत्रीय सभापति  दिनेशराज जोशीले स्थानीय हस्तान्तरण गरेको बताइएको  छ ।

सहयोग हस्तान्तरण कार्यक्रममा पुगेका पार्टीका गौरीगंगा नगर उप–संयोजक हिरा सिंह बडैला , साविकको मसुरिया गाँउ पूर्व सभापति वेदप्रकाश जोशी, साविकको चौमाला गाँउ  पूर्व सभापति  पहल चन्द पीडितको अवस्था बुझेका छन् ।

पीडित परिवारलाई रकम हस्तान्तरण गर्दै क्षेत्रीय सभापति जोशीले आगामी दिनमा थप सक्दो सहयोग गर्ने वाचा गरे ।

उनले समैमगरको हत्यारालाई कानुनी कारबाहीको माग गरेका  छन् ।

मृतकका परिवारको उचित व्यवस्थापन र बालबच्चाको पालन पोषण, निःशुल्क शिक्षाको व्यवस्था गर्नुपर्ने माग पनि उनको छ । समैमगरको स्थानीय रमेश विकले चक्कु प्रहार गरी गतथ साउन ३ गते हत्या गरेका थिए ।

Related Articles

Stay Connected

9,653प्रशंसकजस्तै
43अनुयायीहरूलाईपालन
69अनुयायीहरूलाईपालन
0सब्स्क्राइबरसब्स्क्राइब
- Advertisement -spot_img

Latest Articles