15.3 C
Mahendranagar
रेडियो नेपाल लाइभ
Tuesday, December 24, 2024
spot_img

निर्मला हत्या प्रकरण: पिडित परिवारलाई १० लाख राहत, प्रहरीको गोली लागेर ज्यान गुमाएका सन्नी शहिद घोषणा

काठमाण्डौँ भदौ ०९ ।

सरकारले बलात्कारपछि हत्या गरिएकी कञ्चनपुरको भीमदत्त नगरपालिकाकी १३ वर्षीया बालिका निर्मला पन्तको परिवारलाई १० लाख रुपैयाँ राहत दिने निर्णय गरेको छ ।

यस्तै पन्तको हत्यामा संलग्नलाई कारबाहीको माग गर्दै भएको आन्दोलनका क्रममा प्रहरीको गोली लागेर सहादत प्राप्त गरेका सन्नी खुनाको परिवारलाई पनि सरकारले १० लाख राहत दिने भएको छ ।

शनिबार साँझ बसेको मन्त्रिपरिषद्को बैठकले गृह मन्त्रालयको प्रस्तावमा दुबै परिवारलाई राहत दिने निर्णय गरेको हो ।

सरकारले मृतक खुनालाई सहिद घोषणा गरेको छ भने घाइतेहरुको निःशुल्क उपचार गर्ने र अंगभंग भएकालाई आर्थिक सहयोग प्रदान गर्ने निर्णय गरेको छ ।

सरकारले निर्मला हत्याबारे छानविन गर्न सहसचिवको नेतृत्वमा बनेको समितिलाई नै गोलीकाण्डबारे पनि अनुसन्धान गर्ने जिम्मेवारी समेत दिएको सरकारका प्रवक्ता एवं सञ्चारमन्त्री गोकुल बास्कोटाले जानकारी दिए ।

Related Articles

सामाजिक सञ्जाल

9,653प्रशंसकजस्तै
43अनुयायीहरूलाईपालन
70अनुयायीहरूलाईपालन
0सब्स्क्राइबरसब्स्क्राइब
- Advertisement -spot_img

ताजा समाचार

Discover more from Sudur News

Subscribe now to keep reading and get access to the full archive.

Continue reading