26.1 C
Mahendranagar
Thursday, May 2, 2024
spot_img

डडेल्धुरामा जीप दुर्घटना, ९ जना घाईते

धनगढी, भाद्र १२, २०७५  ।

डडेल्धुराको सदरमुकाम नजिकै अमरगढी नगरपालिकाको वडा नम्बर २ आईत बजारमा मंगलबार बिहान जीप दुर्घटना भएको छ ।

दुर्घटनामा परी ९ जना घाईते भएका छन् ।

घाईते मध्ये ७ जनाको डडेल्धुरा स्थित उपक्षेत्रीय अस्पतालमा उपचार भएको छ भने २ जनाको अवस्था गम्भिर भएकोले धनगढी रेफर गरिएको जिल्ला प्रहरी कार्यलय डडेल्धुराले जनाएको छ ।

रेफर हुनेमा डडेल्धुराको अजयमेरु गाउँपालिका ५ की हीरा खड्का र गन्यापधुरा गाउँपालिका ४ की देवादेवी खडायत रहेको प्रहरीले जनाएको छ ।

बगरकोटबाट सदरमुकाम जादै गरेको ना १ ज ३११९ नम्बरको जीप दुर्घटनामा परेको हो ।

कच्ची बाटो, चालकको लापरवाही र बढी यात्रुका कारण दुर्घटना भएको हुन सक्ने प्रहरीको अनुमान रहेको छ ।

Related Articles

Stay Connected

9,653प्रशंसकजस्तै
43अनुयायीहरूलाईपालन
69अनुयायीहरूलाईपालन
0सब्स्क्राइबरसब्स्क्राइब
- Advertisement -spot_img

Latest Articles