कैलालीमा एक १४ वर्षिया बालिका बलात्कारमा परेकी छिन् ।
कैलाली प्रहरीका अनुसार आफ्नै साथीको बुबाबाट घोडाघोडी नगरपालिका ६ की १४ वर्षिया बालिकामाथि बलात्कार भएको हो ।
जिल्ला प्रहरी कार्यालयका प्रमुख, प्रहरी उपरिक्षक विनोद घिमिरेले बालिका बलात्कारको आरोप लागेका ३३ वर्षिय हर्कबहादुर कुँवर फरार छन् ।
घटना भदौ १३ गतेको भएपनि प्रहरीलाई ढिलोगरी खबर आएको प्रहरी उपरिक्षक घिमिरेले बताए ।