14.3 C
Mahendranagar
रेडियो नेपाल लाइभ
Monday, December 23, 2024
spot_img

शुक्लाफाँटा राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्रमा खोरेतको प्रकोप

कञ्चनपुर, भाद्र १९, २०७५ ।

शुक्लाफाँटा राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्र अन्तर्गत कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका वडा नं ६ र ७ का बासिन्दाले पालेका पशुमा खोरेत रोगको प्रकोप देखा परेको छ ।

खोरेतका कारण ८०० बढी चौपाया प्रभावित भएका छन् ।

एओसी र एशिया वन नामक भाइरसका कारण सर्ने खोरेत रोग खुर फट्टा जनावर  बाख्रा, बङ्गुर, गाई, गोरु, भैँसीलगायतमा बढी देखिएको छ ।

हावा, पानी, खानपिन, पशुको लसपसबाट छिटो फैलिने यो रोग छोटो अवधिमै धेरै चौपायामा सरेको नगरपालिका पशु शाखाका प्रमुख तारादत्त अवस्थीले बताए ।

“खोरेत रोग लागेका पशुको खुर र मुखमा घाउ हुने र उच्च ज्वरो आउने र  उपचार नहुँदा पशुका घाउमा किरा पर्ने समस्या रहन्छ”, उनले भने ।

ब्याउने गाई, भैँसी बङ्गुर र बाख्रा तुहिने समस्या समेत देखिएको उनले बताए ।

खोरेत सङ्क्रमण भएमा  ब्याउने पशु तुहिने, कम उमेरका पाठापाठी, बाच्छाबाच्छी र पाडो पाडी मर्ने क्रम शुरु भएको स्थानीयले बताएका छन् ।

मध्यवर्ती क्षेत्रका बासिन्दाले चौपाया चराउन निकुञ्ज क्षेत्रमा छाड्ने र जङ्गली जनावरबाट सो रोग सरेको हुनसक्ने बताइएको छ ।

निकुञ्जका संरक्षित जनावर समेत खोरेतबाट प्रभावित हुनसक्ने देखिएको छ ।

महामारीका रुपमा यो रोग सर्न सक्ने भएकाले यसको रोकथाम जरुरी भएको पशु प्राविधिकको भनाई छ ।

खोरेत रोगको विषाणु अति सुक्ष्म, बाहिरी वातावरणमा लामो समयसम्म क्रियाशील र दूषित घाँसपातमा एक महिनासम्म जीवित रहन सक्ने हुन्छ ।

हड््डी सहितको चिस्याईएको मासुमा लामो समय खोरेतको विषाणु बाँचिरहन्छ ।

Related Articles

सामाजिक सञ्जाल

9,653प्रशंसकजस्तै
43अनुयायीहरूलाईपालन
69अनुयायीहरूलाईपालन
0सब्स्क्राइबरसब्स्क्राइब
- Advertisement -spot_img

ताजा समाचार

Discover more from Sudur News

Subscribe now to keep reading and get access to the full archive.

Continue reading