22.5 C
Mahendranagar
Friday, May 3, 2024
spot_img

निर्मला पन्त : संसदमा मुख्यमन्त्रीको राजीनामा माग

धनगढी, असोज ०५ ।

कञ्चनपुरकी १३ वर्षिया बालिका निर्मला पन्तको बलात्कार पछि हत्या प्रकरणका दोषीलाई कारवाही गर्न नसके मुख्यमन्त्रीले राजीनामा दिनुपर्ने माग गरिएको छ। शुक्रबार बसेको प्रदेशसभा बैठका समय माग गर्दै बोलेका नेपाली काँग्रेसबाट प्रदेशसभा सदस्य रहेका कर्ण बहादूर मल्लले बालिका पन्तको हत्या प्रकरणका दोषीलाई कारवाही गर्न नसके मुख्यमन्त्रीले राजीनामा दिनुपर्ने बताए।

बालिकाको बलात्कार पछि हत्या गरिएको दुई महिना सम्म पनि प्रदेश र संघिय सरकार निरिह बनेको बताए। निर्मलाले न्याय पाउनुपर्छ भन्दै जनता सडकमा उत्रिएको बेला आफूहरु निर्लज्ज भएर सभा भित्र प्रवेश गरिरहेको जनाए। ‘यहाँका जनप्रतिनिधि र साशकहरु निर्मलाका बुबा यज्ञराज र दुर्गा पन्तकै जस्तो अवस्था आएपछि मात्र संवेदनशिल हुने हो की ?’ भन्दै उनले प्रश्न समेत गरे।

निर्मला पन्त हत्या प्रकरणमा संघिय सरकार र विशेषगरी प्रदेश सरकार संवेदनविहिन बनेर गएकाले चाडो भन्दा चाडो दोषीमाथि कारवाही हुनुपर्ने अन्यथा अहिलेका मुख्यमन्त्रीले राजीनामा दिनुपर्ने माग मल्लले गरेका हुन्।

Related Articles

Stay Connected

9,653प्रशंसकजस्तै
43अनुयायीहरूलाईपालन
69अनुयायीहरूलाईपालन
0सब्स्क्राइबरसब्स्क्राइब
- Advertisement -spot_img

Latest Articles