15.3 C
Mahendranagar
रेडियो नेपाल लाइभ
Tuesday, December 24, 2024
spot_img

मानब बेचबिखनको आरोपमा एकजना पक्राउ, तीन फरार

बैतडी, आश्विन ९, २०७५ ।

मानब बेचबिखनको आरोपमा बैतडी प्रहरीले आज एक जनालाई पक्राउ गरेको छ ।

अझै आरोपित तीन जना फरार रहेका छन् ।

पक्राउ पर्नेमा डडेल्धुरा आलिताल गाउँपालिका ८ सिस्नेका ४५ बर्षीय गणेश विष्ट रहेका इलाका प्रहरी कार्यालय पाटनका इञ्चार्ज प्रहरी निरीक्षक राजेन्द्र बहादुर सिंहले जानकारी दिए ।

फरार हुनेमा बैतडीको सिगास गाउँपालिका २ गाँजरीकी २५ बर्षीय देवकी ढाँट, डडेल्धुरा आलिताल ८ का ५० बर्षीय शंकर अवस्थी र २८ बर्षीय ललित बिक रहेका छन् ।

पक्राउ परेका विष्ट र फरार रहेकाहरुलाई गत असारमा बैतडीको सिगासकी २८ बर्षीया एक महिलालाई बिहे गर्छु भनी ललाई फकाई भारतको बैङ्गलोर पुर्याई बेचविखन गर्न खोजेको आरोप रहेको छ ।

पक्राउ परेका विष्टले बेच्न लगीएकी महिलासंग कुनै चिनजान नभएको र फरार रहेका भनिएकाहरुले चिनजान गराई दिएको बताईएको छ ।

प्रहरी निरीक्षक सिंहले भने “ पिडीत महिलाको उजुरीको आधारमा प्रहरीले विष्टलाई पक्राउ गरेको हो, अन्यको खोजी कार्य जारी राखेका छा ।”

पिडित महिलालाई उनका आफन्तले भारतवाट उद्धार गरी सोमवार ल्याएका थिए ।

पक्राउ परेका विष्टमाथि मानव बेचबिखन तथा ओसारपोसार सम्वन्धी मुद्धा दर्ता भएको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रवक्ता प्रहरी निरीक्षक कान्तिराज जोशीले जानकारी दिनुभयो ।

घटनाको थप अनुसन्धान भईरहेको छ ।

Related Articles

सामाजिक सञ्जाल

9,653प्रशंसकजस्तै
43अनुयायीहरूलाईपालन
70अनुयायीहरूलाईपालन
0सब्स्क्राइबरसब्स्क्राइब
- Advertisement -spot_img

ताजा समाचार

Discover more from Sudur News

Subscribe now to keep reading and get access to the full archive.

Continue reading