पोखरा , आश्विन १०, २०७५ ।
पोखरामा सोमबार मृत भेटिएकी १० बालिकाको बलात्कारपछि हत्या भएको खुल्न आएको प्रहरीले जनाएको छ ।
हत्यामा संलग्न रहेको आशंकामा छिमेकीलाई प्रहरीले पक्राउ गरेको छ ।
पोखरा–२२ पुम्दीभुम्दीको कोदीकी बालिका श्रेया बिकको बलात्कारपछि हत्या गरेको आरोपमा छिमेकी २७ वर्षीय कुसुम पौडेलसहित ६ जना भन्दा बढिलाई पक्राउ प्रहरीले जानकारी दिएको छ ।
श्रीया सोमबार विद्यालयबाट फर्कने बित्तिकै बिस्कुट किन्न पसल गएकी थिइन् तर, उनी एकाएक हराएकी थिइन् ।
मंगलबार बिहानै झाडीमा अर्धनग्न अवस्थामा उनको शव भेटिएको थियो ।